कावासोती नगरपालिकाले गरेको पछिल्लो ४ बर्षको उपलब्धी
पूर्वाधार विकासतर्फः
१. कावासोती नगरपालिका तिव्र शहरीकरणतर्फ उन्मुख भैरहेको छ । नयाँ जिल्लाको सदरमुकाम समेत भएको हुँदा यहाँ विभिन्न प्रशासनिक संरचनाहरु निर्माण, सडक यातायातको विस्तार र सुदृधिकरण, पर्यटन पुर्वाधार निर्माण, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि मेस जालीसहितको वाल निर्माण, खानेपानी तथा सिंचाईका पुर्वाधारहरु, विद्यालय तथा खेलकुद मैदान निर्माण आदि पुर्वाधारका संरचनाहरुमा नगरपालिकाले अग्रसरता लिएको छ ।
२. हाम्रो कार्यकालमा करिब ६४ दशमलव ५ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । कच्ची सडक तथा सञ्चालनमा रहेका सडकहरुको करिव १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिएको छ । साथै नगरको बिभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडक मर्मतको कार्य सम्पन्न गरिएको छ ।
३. नगरपालिकामा करिव ६७ दशमलव ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरि ९५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । नगरका विभिन्न स्थानमा १९०० वटा सडक बत्ति जडान गरिएको छ । ८०० विद्युत पोल सहित विभिन्न स्थानमा विद्युतिकरणको कार्य सम्पन्न भएको छ । साथै नगर क्षेत्रका भित्रि साना बाटोहरुमा मोजाइक टायल लगाउने कार्यको थालनी गरिएको छ ।
४. नगर गौरव योजनाको रूपमा रहेको कावासोती चक्रपथ निर्माण कार्यलाई विगत ४ वर्षदेखि निरन्तरता दिंदै आइएको छ । हालसम्म १० किलोमिटर रि·रोड कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको छ ।
५. नगरपालिकाको बहुउद्देश्यीय भवन निर्माणको कार्य सम्पन्न भै प्रशासनिक कामकाज सुचारु भएको छ । वडा नं ४, ५, ७, ८, ९ र १५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भै कामकाज सुचारु भएको छ । यसैगरी वडा नं १, २, ३, ६ ,११, १३ र १६ को कार्यालय भवन चालु आ.व. मा सम्पन्न हुने लक्ष्य राखिएको छ ।
६. नगरस्तरमा दिगो रुपमा फोहोरमैला व्यवस्थापनको लागि वडा नं १६ मा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भै फोहोरमैला संकलन तथा व्यवस्थापनको कार्य अगाडि बढेको छ । वडा नं १७ मा फोहोरमैला व्यवस्थानको लागि स्ट्याण्ड सहितको १२०० डष्टविन वितरण गरिएको छ ।
७. विश्व सम्पदा सूचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको मध्यवर्ती सामुदायिक वन क्षेत्र सँग जोडिएको विभिन्न स्थानहरुमा मानव र वन्यजन्तु बिचको असमझदारी न्यूनीकरण गर्न, धन जन लगायत कृषि बालीनालीको क्षती न्यूनीकरण गरि मानव र बन्यजन्तु बीच सह–अस्तित्व कायम गर्नका लागि पि.सि.सि. वाल सहित मेसजालीको निर्माण कार्यबाट महत्वपूर्ण योगदान पुगेको छ । जैविक विविधता वन वन्यजन्तुको संरक्षण सँग सँगै पर्यापर्यटकीय गतिविधि लगायत मानव र वन्यजन्तु बीचको समझदारी कायम गर्न नगरपालिकाले सुरुदेखि नै प्राथमिकताका साथ कार्य गरिरहेको छ । जसअनुसार हालसम्म वडा नं ७, १०, ११ , १२, १३, १५ र १७ मा मेसजाली सहितको १९ किलोमिटर मेस जाली सहितको आर.सि.सि. पर्खाल मध्ये ८ किलोमिटर निर्माण सम्पन्न भएको छ । बाँकी कार्य निर्माणाधिन अवस्थामा रहेको छ ।
८. विपन्न समुदाय आवासका लागि हाल सम्म ८८ वटा घरहरूको निर्माण कार्य सम्पन्न भएको छ । यस आ.व. मा थप १७ घरको निर्माण गरी हस्तान्तरण गरिनेछ ।
९. वडा नं ०२ मा रहेको कावासोतीको एकमात्र कभर्ड हलको निर्माण सम्पन्न भएको छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगरस्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी रङ्गशाला निर्माण कार्यको शुरुवाट भएको छ । साथै पोखरी तालको गुरुयोजना निर्माण गरि ताल निर्माण, बाटो तथा पार्क स्तरोन्नतीमा काम भएको छ ।
१०. विकास योजना सञ्चालनका लागि ठेक्का बन्दोबस्त कार्यमा नगरपालिकामा विद्युतीय खरिद प्रणालीलाई अधिकतम रूपमा अवलम्बन गरिएको छ । यसबाट ठेक्का प्रक्रिया थप प्रतिस्पर्धात्मक र पारदर्शी हुनुका साथै विकास लागतमा समेत न्यूनीकरण भएको छ ।
११. वडा नं १४ मा अत्याधुनिक कोल्ड स्टोर निर्माणको लागि बजेट विनियोजन भई नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार र रिर्टर्नी माईग्रेट नेपालको संयुक्त लगानीमा निर्माण हुने गरि ठेक्का प्रक्रिया समेत सकिएको छ । साथै वडा नं १७ मा सामुदायिक बिउ वैकं निर्माण गरिएको छ ।
१२. करिव १०० वटा भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक भवन तथा क्लवको भवन स्तरोन्नति तथा नयाँ निर्माण कार्य सम्पन्न भएको छ । साथै वडा नं ३, ५, ८ र १२, मा गुम्वाको निर्माण तथा स्तरोन्नती गरिएको छ ।
१३. शहरी विकास मन्त्रालयको सहयोगमा भू–उपयोग योजना र एकिकृत विकास परियोजना निर्माण गरिएको छ । संघ सरकारको समन्वयमा २०० घरमा खरको छानोलाई विस्थापन गरि टिनको छानो निर्माण गर्ने कार्य चलिरहेको छ ।
१४. नेपाल शहरी शासन तथा पुर्वाधार विकास परियोजना अन्तर्गत श्रममुलक परियोजना संचालनको क्रममा ३०० मिटर नदी तटबन्धन, ३ दशमलव ४ किलोमिटर नाला निर्माण, ३०३ मिटर कम्पाउण्ड वाल निर्माण तथा विभिन्न विद्यालयमा पुर्वाधार सुधार लगायतका कामहरु भएका छन् । चालु आ.व. ०७७÷०७८ मा यस परियोजना मार्फत ६२८ मिटर नदी तटबन्धन, ५ किलोमिटर पक्की नाला तथा ५७० मिटर तारवारको कार्यक्रम सम्पन्न हुनेछ । परियोजना मार्फत गत आ.व. २०७७।७८ मा मात्रै ६५९ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
१५. साविकका गा.वि.स भवन रहेका वडा कार्यालयको स्तरोन्नती तथा जग्गा घेरावारको काम सम्पन्न गरिएको छ ।
१६. वडा नं १६ मा आदिवासी थारु संग्रहालयको भवन स्तरोन्नती गरिएको छ ।
१७. रेडक्रस सँगको सहकार्यमा ब्लडबैकं स्थापना तथा आपतकालिन भण्डारणको लागि गोदामहरु निर्माण गरिएको छ ।
१८. एक वडा एक खेलमैदान अन्तर्गत नगर क्षेत्रभित्रका खेलमैदानहरु स्तरोन्नती कार्यको शुरुवाट गरिएको छ ।
१९. हरित शहर निर्माण अभियान अन्तर्गत वडा नं ११, १२, १५ र १७ का भित्रि मूल सडकको दायाँवायाँ वृक्षारोपण गरिएको छ ।
२०. कावासोती खानेपानीसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टंकी निर्माण सम्पन्न भएको छ । वडा नं ४, १२, १३ र १७ मा खानेपानी टंकी तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरि डिप वोरिङ सञ्चालनमा रहेको साथै वडा नं १५ मा खानेपानी पहुँच विस्तारको लागि पाइपलाइन विस्तारको कार्य गरिएको छ ।
सामाजिक विकासतर्फः
शिक्षा
२१. नगरपालिका अन्तर्गत रहेका शैक्षिक संस्थाहरुको भौतिक संरचना निर्माण, पाठ्यक्रम सुधार, शिक्षक तथा कर्मचारीको उचित व्यवस्थापन र क्षमता विकास, खेलकुद लगायतका सृजनशील कृयाकलापहरुको प्रोत्साहन गर्दै समग्र शैक्षिक स्तरमा उत्कृष्ट नतिजा ल्याउनतर्फ नगरपालिकाले शुरुवाती दिन देखि महत्वपुर्ण प्रयत्नहरु गर्दै आईरहेको छ ।
२२. नगर तथा प्रत्येक वडामा विद्यालय नक्सांकन सिफारिस समिति गठन भै कार्यान्वयनमा रहेको छ ।
२३. दरबन्दी मिलान कार्यविधि निर्माण गरि आन्तरिक तथा बाह्य दरबन्दी मिलान समेत गरि अब थप हुने दरबन्दी मिलानलाई स्वचालित बनाइएको ।
२४. २०७७ श्रावण देखि कावासोती नगरपालिका र ब्रिटिश काउन्सिलको सहकार्यमा ३ वर्षको लागि पाइलटिङ प्रोजेक्टको रुपमा समग्र विद्यालय विकास कार्यक्रम (ध्क्म्ए) लागु गरिएको छ । जस अन्तर्गत प्र.अ. को नेतृत्व क्षमता विकास, शिक्षकको पेशागत क्षमता विकास, विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको सिकाई अवसरमा सहभागि गराउँदै सिकाइलाई फराकिलो वनाउने अभ्यास तथा शैक्षिक मूल्याङ्कन र व्यवस्थापनको क्षेत्रमा सुधार गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन हुंदै आएका छन् । जसबाट शैक्षिक गुणस्तर अभिवृद्दिमा सकारात्मक संकेत देखिएको छ ।
२५. नगर क्षेत्रभित्रका ४० वटै सामुदायिक विद्यालयमा अन्तराष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको पठनपाठन गर्नको लागि आइ.एस.ए कार्यक्रम लागु भएको छ । नगरभित्रका ३ वटा सामुदायिक र १ वटा संस्थागत विद्यालयहरुले यस वर्षको ँगिि ब्धबचम प्राप्त गर्न सफल भएको तथा अन्य १६ वटा सामुदायिक विद्यालयहरुले यसको ँयगलमबतष्यल ब्धबचम प्राप्त गर्न सफल भएका छन ।
२६. ब्रिटिश काउन्सिलको सहयोगमा निःशुल्क प्राप्त १२ हजार पाठ्य सामग्रीहरु पालिका भित्रका ११ हजार विद्यार्थीको हातमा पुर्याई बृहत पठन अभियान संचालन गरिएको छ ।
२७. नगरभित्रका सबै विद्यालयहरुको एकिकृत शैक्षिक व्यवस्थापन प्रणाली (क्ष्भ्ःक्ष्क्) आधारित विवरण तयार गरी विद्यार्थीको नतिजा व्यवस्थापनलाई उक्त प्रणालीमा आवद्द गरिएको छ ।
२८. शिक्षा क्षेत्रको समग्र सुधारको कारण नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र २०७६ देखि २०७८ सम्ममा ३५०० भन्दा बढी विद्यार्थी संख््या वृद्धि भएको छ ।
२९. हाम्रो कावासोती हाम्रो गौरव शिर्षकको कक्षा १–८ सम्म स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साथै विद्यार्थिहरुको सृजनशिलतालाई प्रवर्धन गर्न नियमित रुपमा नगरपालिकाबाट नगरका कोपिला प्रकाशन हुँदै आइरहेको छ ।
३०. हाम्रो कार्यकालमा करिव २५०० जनालाई बिभिन्न विधामा सिपमूलक तथा आयमूलक तालिम प्रदान गरिएको ।
३१. यस अबधिमा १३ विद्यालय भवन निर्माण, ८ कक्षाकोठा निर्माण, ८ शौचालय निर्माण, ३१ विद्यालय मर्मत सम्भार, २ बाल कक्षा संचालन, २ नमुना विद्यालय विकास, ११ पुस्तकालय स्थापना र संचालन, ८ विद्यालयलाई ल्याव सामाग्री वितरण, विभिन्न विद्यालयहरुमा आई सि टि व्यवस्थापन लगायतका कामहरु सम्पन्न भएका छन् ।
३२. शैक्षिक सुशासन तथा नीतिगत व्यवस्थामा सुधार गर्दै कावासोती नगरपालिकाको शिक्षा कार्यबिधि २०७५, छात्रवृत्ति तथा व्यवसायिक शिक्षा प्रवर्धन कोष कार्यविधि २०७७, विद्यालय विनियमावली निर्माण मापदण्ड २०७८ र दरबन्दी मिलान मापदण्ड निर्माण गरी कार्यान्वयनमा लिइएको छ ।
महिला बालबालिका तथा समाज कल्याणः
३३. लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको नीति अवलम्बन गर्दै समता मूलक समाज निर्माण गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्रुन कार्यक्रम संचालन गरिएका छन् । महिलाहरुको व्यक्तित्व विकासको प्रारम्भिक प्रशिक्षण अन्तर्गत समुह सदस्यको अनुशिक्षण, समाजमा रहेका कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम, आधारभूत तालिम, संस्थागत तथा नेतृत्व विकास तालिम, सासु बुहारी अन्तर्क्रिरया जस्ता कार्यक्रमहरु संचालन भएका छन् । जसमा दुई हजार भन्दा बढी महिला तथा लक्षित वर्ग प्रत्यक्ष लाभान्वित भएका छन् ।
३४. अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको पहिचान र राज्यबाट उपलब्ध गराईने सेवा सुविधा प्राप्तिको लागि हालसम्म जम्मा ८२१ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ ।
३५. लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, मानव बेचबिखन विरुद्धको दिवस, बाल दिवस, अपाङ्गता दिवस, अन्तराष्ट्रिय महिला दिवस लगायतका अन्य दिवसीय कार्यक्रमहरु लक्षित समुहलाई सकारात्मक प्रभाव पार्ने गरि विविध कार्यक्रम सहित मनाईएको छ ।
३६. बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनको लागि बालमैत्री स्थानीय शासन सम्बन्धी पाँच वर्षे रणनीतिक योजना (२०७५–२०८०),बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी,२०७४ तथा बाल समुह गठन तथा सहजिकरण निर्देशिका,२०७५ लाई कार्यान्वयनमा ल्याइएको छ ।
३७. बालमैत्री कार्यक्रमको लागि घरधुरी सर्वेक्षण,२०७७ बाट प्राप्त तथ्याङ्क विश्लेषणको प्रतिवेदन तयार गरी नगर स्तरीय, वडास्तरीय वाल संजाल तथा टोलस्तरीय बालक्लव गठन गरी विविध कार्यक्रम संचालन गरिएको छ ।
३८. महिलाहरुको आर्थिक सशक्तिकरणको लागि विभिन्रुन सीपमुलक कार्यक्रम संचालन गरी आर्थिक तथा सामाजिक सशक्तिकरणमा टेवा पु¥याइएको छ ।
३९. लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता अभियानलाई निरन्तरता दिंदै, लैङ्गिक तथा यौन हिंसामा परेका महिलाहरुको उद्धार संरक्षणको लागि अल्पकालीन आश्रय स्थल संचालनमा ल्याईएको छ । हालसम्म २ जना पिडित महिलालाई सेवा दिई पुर्नस्थापना तथा पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाइ सकिएको छ ।
४०. ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रमहरु नियमित रुपमा संचालन गरिएको छ । ज्येष्ठ नागरिक दिवा मिलन केन्द्रको स्थापना गर्न बजेट व्यवस्था गरी कामको तयारी भएको छ ।
४१. युवाहरुको नेतृत्व क्षमता विकासको लागि राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको ।
४२. लागत सहभागितामा नवज्योति महिला सहकारी संस्था कावासोती ८ लाई स्यानेटरी प्याड बनाउने मेशिन हस्तान्तरण गरि तालीम प्रदान गरिएको छ । जसबाट स्यानेटरी प्याड उत्पादन सुरु भै आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
स्वास्थ्यः
४३. स्वास्थ्य संस्था नभएका वडाहरुमा नेपाल सरकारको नीति अनुरुप सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि सेवा संचालन गरिएको छ । वडा नं २,५ र ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन समेत निर्माण सम्पन्न भैसकेको छ भने नौ वटा वडामा भवन निर्माणाधिन अबस्थामा छ । हाल २ वटा बर्थिंग सेन्टर सहितको ५ वटा स्वास्थ्य चौकी, १२ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, २३ वटा खोप केन्द्र र १६ वटा गाउँघर क्लिनिक मार्फत समेत स्वास्थ्य सेवा प्रदान हुदै आएको छ ।
४४. नगर प्रमुखको पदबहाली हुदाँ घोषणा गरिएको “आमा स्वास्थ्य कार्यक्रम“ मार्फत गर्भवती र सुत्केरीको पोषण प्रोत्साहन र एम्बुलेन्स खर्चको व्यवस्था गरिएको छ । यस कार्यक्रमले एम्बुलेन्स खर्च नभएर घरमै सुत्केरी हुने अवस्थालाई न्यूनीकरण गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी भए पछि मात्र यो सुबिधा पाईने हुँदा संस्थागत सुत्केरी गराउनेको संख्यामा उल्लेखनीय बृद्धी भएको छ । यस कार्यक्रम अन्तर्गत चारपटक नियमानुसार गर्भवती जाँच गर्नेलाई पोषण खर्चबापत रु ५००, स्थानीय बर्थिंग सेन्टरमा सुत्केरी हुनेलाई रु १५००, बाहिर बर्थिंग सेन्टरमा सुत्केरी भए पनि रु.७०० र यदि स्वास्थ्य जटिलताको कारण स्थानीय बर्थिंग सेन्टरमा सुत्केरी हुन नसक्ने अवस्थामा रेफर भई जाँदा आउदाको पुरै एम्बुलेन्स खर्च उपलब्ध गराइएको छ । हालसम्म यस कार्यक्रमबाट १८८१ जना गर्भवती तथा १७१७ जना सुत्केरी लाभान्वित भएका छन् भने आ.व. ०७७÷०७८ सम्म २६ लाख ९० हजार बजेट खर्च भएको छ ।
४५. जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई ‘स्वस्थ नागरिक सम्बृद्ध कावासोती’ कार्यक्रमसंग जोडेर आवश्यक जनशक्तिको व्यवस्था गरि जेष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परीक्षण गर्ने र आवश्यक मनोसामाजिक परामर्श दिने काम गरिएको छ। जस मध्ये मधुमेह भएका ११५ जना र उच्च रक्तचाप भएका ४१६ जना गरि जम्मा १५६८ जना जेस्ठ नागरिकहरुलाई घरभेट गरि आबश्यक परामर्श तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
४६. स्वास्थ्य संस्थाहरुमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि अत्याबश्यक औषधि तथा मेडिकल उपकरणहरुको ब्यबस्थालाइ सुदृढिकरण गर्दै लागिएको छ ।
४७. गरिब तथा बिपन्न नागरिकहरुलाई विभिन्न ८ प्रकारका जटिल रोगहरुको (मुटुरोग, क्यान्सर, मृगौला फेलर, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकल सेल एनेमिया, अल्जईमर र पार्किन्सोनिजम) उपचार सहुलियतको लागि शिफारिस गर्ने ब्यबस्था गरिएको छ । हाल सम्म २५५ जनालाइ यसप्रकारको शिफारिस गरि स्वास्थ्य उपचारमा सहुलियतका लागि सहजिकरण गरिएको छ ।
४८. कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरुसंग समन्वय गरि आबस्यक ब्यबस्था मिलाईएको । कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धि चेतनामुलक शन्देस प्रबाह, क्वारेनटाईन होम, होम आईसोलेशन सेवा, रेफरल तथा बिरामी ओसार पसारका लागि एम्बुलेन्स सेवाको व्यस्था गरिएको छ । कोभिडसंग सम्बन्धित मृत्यु भएकाको परिवारलाई प्रति परिवार रु. ५०,००० राहतको व्यवस्था गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण र उपचार कार्यविधि २०७७ निर्माण गरी लागु गरिएको छ । कार्यविधि अनुसार स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको प्रदान गरिएको छ ।
४९. यस नगरपालिकामा हालसम्म ३१७४ जना संक्रमित भएकोमा ६६ जनाको कोरोनासंग सम्बन्धित मृत्यु भएको छ । कोभिड–१९ बिरुद्ध खोप लगाउने कार्यलाई तिब्रता दिईएको छ । बि.स. २०७८ को जनसंख्या अनुसार हाल सम्म १२ बर्ष भन्दा माथिका उमेर समूह मध्ये ८६ प्रतिशतले पूर्ण खोप प्राप्त गरेका छन् भने ९४ प्रतिशतले पहिलो मात्रा प्राप्त गरेका छन् ।
५०. स्वास्थ्यकर्मीको प्रेरणाका लागि रु १०,००० नगद सहित उत्कृस्ट स्वास्थ्यकर्मी पुरस्कारको व्यवस्था गरि आ.व. २०७७÷०७८ मा एकजना स्वस्थाय्कर्मीलाई पुरस्कृत गरिएको छ भने प्रत्येक बर्ष ५ जना उत्कृस्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको छनोट गरि रु. ५,००० नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । हाल सम्म १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु पुरस्कृत भै सकेका छन् ।
५१. आयुर्वेद तर्फ नियमित सेवाका अतिरिक्त गाउघर क्लिनिक सेवा बिस्तार गरिएको छ ।
५२. नगरपालिका तथा वडा तहमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको गठन भई क्रियाशिल बनाईएको छ ।
५३. नेपाल सरकारबाट वितरण भएको बाल पोषण भत्तालाई बाल्यकालिन शिशुआहार सँग आवद्धता गराउन १७ वडामा महिला सदस्यलाई अभिमुखीकरण साथै पोषण सम्बन्धी बाल अनुदानको प्रभावकारी उपयोगका सम्बन्धमा ५९० जना आमा तथा शिशु स्याहारकर्तालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
५४. गर्भावस्था देखि २ बर्षको अवधीमा पोषणको महत्वको पैरवी साथै सचेतना कार्यक्रमका साथै विभिन्न वडाका जम्मा ४५० जना हजार दिनका आमालाई, फलफुलको विरुवा तथा कुखुराको चल्ला वितरण गरिएको छ ।
५५. नगरपालिकाको १७ वडामा किशोरी स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ । ६ महिना देखि ५ बर्षको बालबालिकाको पोषण लेखाजोखा तथा अन्तर विश्लेषण कार्यक्रम गरिएको छ ।
५६. १७ वटै वडामा पोषिलो झोला वितरण गर्नुका साथै हजार दिनका आमाहरुलाई समावेस गरेर परपम्परागत सोच, लैङ्गिक समानता र पोषण स्वास्थ्य विषयमा सासु वुहारी अन्तरक्रिया गरी पोषण सुधारमा आवश्यक पहल गरिएको छ ।
सामाजिक सुरक्षाः
५७. सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको छ । सामाजिक सुरक्षा तर्फ आ.व. ०७७÷०७८ को अन्तिम चौमासिकको विवरण अनुसार विभिन्न शीर्षकमा गरी जम्मा ६ हजार ४ सय २१ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
५८. व्यक्तिगत घटना दर्तालाई व्यवस्थित गर्नको लागि साविक गाविस तथा हाल वडामा रहेका घटना दर्ता सम्बन्धी अभिलेखलाई डिजिटाईजेसन गर्ने कार्य सम्पन्न गरिएको छ । साथै प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा गुनासो सुनुवाई समिति गठन गरिएको छ । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको विषयमा जनप्रतिनिधि र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।
आर्थिक विकासतर्फः
कृषि तथा पशुपंछि विकासः
५९. व्यवसायिक कृषि र पशुपालन क्षेत्रको उत्पादकतत्व बढाउनका लागि उन्नत नश्लको कृत्रिम गर्भाधान सेवा, निशुल्क माटे तथा नाम्ले जुकाका औषधी वितरण, उन्नत तरकारीहरुको बिउविजन वितरण, गोबर परीक्षण सेवा, दूध परीक्षण सेवा, साना पशुको बन्धाकरण सेवा र प्रतिफलका आधारमा दुग्ध उत्पादक कृषकहरुलाई अनुदान कार्यक्रम संचालन गरिएका छन् ।
६०. आ.व. २०७७÷७८ बाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत वडा नं. १७ मा बाख्रा, वडा नं. १४ मा धान, वडा नं. ६ मा आलु र वडा नं. ९ मा मौरी पकेट कार्यक्रम संचालन र प्रवद्धनका लागि उन्नत बिउविजन र औजारहरु वितरण गरिएको ।
६१. राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुराउन वडा नं. १४ को कृषि विकास तथा संरक्षण समिति वडा नं. १७ मा रहेको मिलिजुली मकै पकेट सञ्चालन समितिलाई धान र मकैको उत्पादन प्रवर्धनका लागि उन्नत विउविजन, स्थलगत तालिमका साथै पावरटिलर, ट्रली र औषधी छर्कने स्प्रे लगायतका सामाग्री सहयोग गरिएको छ ।
६२. कृषि र पशुपन्छी क्षेत्रको विकास र जनतालाई सूचना प्रवाह प्रवाहकारी बनाउनका लागि कृषि उत्पादन नियन्त्रण प्रणाली (पबधबकयतष्पचष्कजष्.नयख.लउ) सफ्टवेयर निर्माण गरि संचालन गरिएको छ ।
६३. बेमौसमी बर्षाका कारणले क्षति पुर्याएका नगर क्षेत्रभित्रका करिब ९५५ जना कृषकहरुको कुल क्षेत्रफल ६९४२ कठ्ठामा भएको क्षतिको लगत संकलन गरि राहत रकमका लागि जिल्ला विपद् समितिमा सिफारिस गरिएको छ ।
६४. बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तर्गत वडा नं १७ मा बाख्राको पकेट स्थापना गरि उन्नत नश्ल बोयरका ९ वटा बोका, २० वटा बाख्राको खोर र १८ वटा च्यापकटर वितरण गरिएको छ । प्रधानमन्त्री कृषी आधुनिकिकरण कार्यक्रम अन्तर्गत तरकारीको जोन कार्यक्रम संचालन भएका छन् ।
६५. प्रतिफलका आधारमा दुग्ध उत्पादक कृषकहरुलाई आ.व. २०७६÷७७ देखि निरन्तर रुपमा प्रतिलिटर रु. १.२५ का दरले प्रोत्साहन अनुदान उपलब्ध गराउंदै आइएको छ । आ.व. २०७८÷७९ को पहिलो चौमासिक सम्म रु. ५६ लाख ६२ हजार रुपैया सहकारी मार्फत वितरण गरिएको छ ।
६६. जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिको सहकार्यमा करिब २०० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको छ ।
६७. आ.व. २०७६÷७७ मा ३५ जना र आ.व. २०७८÷७९ मा २४३ जना कृषकको खेतको माटो परीक्षण गरि माटो सुधार सामाग्री (चुन र सुक्ष्म खाद्यतत्व) वितरण गरिएको छ ।
६८. कृषकहरुको जनचेतना अभिवृद्धिका लागि गाईभैसिमा लाग्ने थुनेलो रोग, माछापालन प्रविधि, लम्पी स्किन रोग र व्यवसायिक बाख्रापालन प्रविधि सम्बन्धी ब्रोसर र फ्लेक्स प्रकाशन गरि वितरण गरिएको छ ।
६९. आ.व. २०७६÷७७ मा गरिमा धानमा बाला नलाग्ने समस्या देखिएका ७३ जना कृषकका लागि ६४५ प्रति कठ्ठाका दरले ५४३ कठ्ठाको जम्मा रु. ३ लाख ५० हजार ४ सय २० राहत वितरण गरिएको थियो र आ.व. २०७७÷७८ मा धानको उत्पादन वृद्धि र कृषकहरुलाई राहत होस भनि १७ वटै वडा कार्यालय मार्फत ८२ हजार ५ सय ५१ केजी उन्नत धानको विउ वितरण गरिएको छ ।
७०. आ.व. २०७७÷७८ मा साना व्यवसायिक कृषकहरुको कृषि र पशुजन्य उत्पादन वृद्धि गर्नका लागि नगर र वडा कार्यालय मार्फत ३० वटा च्यापकटर, ४ वटा धान काट्ने मेसिन, ५ वटा मिनि टिलर र ३ वटा एरियटर गरि जम्मा ४२ वटा उपकरण र आ.व. २०७८÷७९ मा १० वटा च्याफकटर, १ वटा धान काट्ने मेसिन, २ वटा मिनि टिलर र ३ वटा एरियटर, ३ वटा ब्रसकटर, ५वटा दाना बनाउने मेसिन, १ वटा ड्याङ बनाउने मेसिन, ५ वटा समरसियल पम्प, १ वटा डिप फ्रिज, ३ वटा माहाजाल र १ वटा दुध दुहुने मेसिन गरि जम्मा ३५ वटा उपकरण ७५ प्रतिशत अनुदानमा वितरण गरियो।
७१. आ.व २०७७÷७८ मा मेड्पा कार्यक्रम अन्तर्गत ४ वटा वडामा उद्यम विकासका लागि व्यवसायिक पशुपालन तालिम, सिलाई कटाई तालिम, कुशन र चप्पल बनाउने तालिम दिनुका साथै प्रविधि हस्तान्तरण गरिएको छ । आ.व २०७८÷७९ मा ३ वटा वडा थप गरि जम्मा ७ वडामा विभिन्न सिपमूलक कार्यक्रमहरु संचालन गरिंदैछ ।
७२. बजारमा हुने कालोबजारी, चुहावट, एकाधिकार, अखाद्य वस्तु बिक्री वितरण तथा मिसावट, म्याद गुज्रेका सामग्री बेचविखन न्यूनीकरणको लागि समय समयमा जिल्ला स्थित सम्बन्धित सरकारी कार्यालय तथा सरोकारवालाहरुको उपस्थितिमा बजार अनुगमन गर्ने गरिएको ।
संस्कृति तथा पर्यटनः
७३. नगर क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने हेतुले नगर गौरवको आयोजनामा राखिएको बालुवाडाँडा भ्यू टावरको संरचना निर्माण कार्य सम्पन्न भएको छ । वडा नं. १०,११ र १५ मा तीन वटा मचान निर्माण गरिएको छ । वडा नं १५ को गुन्द्रही ढकाहा मध्यवर्ती वनमा आवास सहितको मचान भवन निर्माण सम्पन्न गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, नमूना सामुदायिक वन र जटायु रेष्टुरेन्टको समन्वयमा छाडा चौपायाको व्यवस्थापको लागि चारै तिर मेसजाली लगाई कम्पाउण्डिङ्ग तथा गौशालाको निर्माण गरिएको छ । साथै वडा नं ३ मा गौशालाको निर्माण सम्पन्न गरिएको छ ।
७४. नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालय संगको समझदारीमा नगरपालिका र मन्त्रालयको संयुक्त लगानी हुने गरी ७ करोडको लागत अनुमान रहेको टरुवा ताल आयोजनाको निर्माण कार्य शुरुवाट भएको छ ।
७५. वडा नं १५ मा पर्यटन सुचना केन्द्र भवन र आधुनिक सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ ।
७६. वडा नं १५ को होमस्टे पार्क तथा उद्धान निर्माण सम्पन्न गरिएको छ । साथै चालु आ.व. मा उक्त पार्कको विस्तार गर्ने कार्य सुचारु गरिएको छ । साथै वडा नं ४ को हसौरा हाइटमा पार्क निर्माण, वडा नं १, २, ५,११, १२, १६ र १७ मा बाल उद्धान तथा पार्क निर्माण गरिएको छ ।
७७. वडा नं १७ को अमलटारी होमस्टे क्षेत्र र वडा नं. १० मा समेत भित्र ५० प्रतिशत अनुदानमा सामुदायिक होमस्टे र भवन निर्माण सम्पन्न गरिएको छ । साथै वडा नं १० र १७ मा होमस्टे प्रवर्धन र कला संस्कृतिको संरक्षणको लागि साँस्कृतिक भवन निर्माण सम्पन्न गरिएको छ ।
७८. नगरक्षेत्रभित्र पर्यटन प्रवर्धनको संभावनालाई मध्यनजर गर्दै बालुवाडाँडा बाट प्याराग्यालाईडिङ को सफल परिक्षण गरिएको छ । जसबाट पर्यटन प्रवर्दनको क्षेत्रमा थप कोशेढुङ्गा सावित भएको छ ।
७९. स्थानीय कला संस्कृतिको संरक्षणमा ध्यान पुर्याईएको छ । मेला महोत्सवहरुलाई व्यवस्थित रुपमा संचालन गर्दै आईएको छ । स्थानीय भाषाको संरक्षणका लागि विभिन्न भाषा कक्षाहरु संचालन गरएका छन् । जातीय, भाषिक र सांस्कृतिक विविधतालाई कावासोतीको सम्पत्तीको रुपमा जगेर्ना गर्न कार्यक्रम संचालन गरिएका छन् ।
सहकारीः
८०. हाल कावासोती नगरपालिका अन्तरगत ३१ वटा सहकारी संचालनमा रहेका छन् । सहकारीको प्रवर्धनका लागि नगरपालिकाले विभिन्न तालिम प्रदान गर्ने, कम्प्यूटर लगायतका सामाग्री सहयोग गर्ने, सिकाई भ्रमणको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरु संचालन गर्नुका साथै नियमन र अनुगमनको कामहरु गरिरहेको छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फः
८१. कावासोती नगरपालिकाले संगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत संगठन संरचना निर्माण र अध्यावधिक गरेको छ । कुल १९३ कर्मचारीको स्विकृत दरबन्दी मध्ये हाल १८४ जना कर्मचारी कार्यरत रहेका छन् । यस बाहेक हिंसा प्रभावित सेवा केन्द्रमा २ कर्मचारी, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ कर्मचारी र गरिब परिवार पहिचान कार्यक्रम अन्तर्गत ९ कर्मचारी समेत कार्यरत रहेका छन् ।
८२. नगर कार्यपालिकाको प्रशासनिक भवन, १७ वटै वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुको छुट्टै कार्यालय स्थापना गरी सेवा प्रवाहको व्यवस्था मिलाईएको छ ।
८३. नगरपालिकाको बजेट निर्माण तथा भुक्तानी व्यवस्थानका लागि सुत्र प्रणालीको कार्यान्वयन गरिएको छ । राजस्व व्यवस्थापनका लागि सफ्टवेयर संचालन गरिएको छ । नगरपालिकाको सम्पत्ति व्यवस्थापन तथा जिन्सी अभिलेखका लागि सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याईएको छ ।
८४. आम सेवाग्राहीलाई सूचना प्रविधिको सहज पहुँच स्थापित गर्न नगरपालिका परिसरमा फ्रि वाईफाई जोन कायम गरिएको छ ।
८५. घर नक्सा पास प्रक्रियालाई छिटो छरितो गर्नको लागि अनलाईन नक्सापास प्रणाली को थालनी गरिएको छ । भवन संहिता कार्यन्वयन प्रक्रिया प्रभावकारी बनाउन भुकम्प प्रबिधी राष्ट्रिय समाज नेपाल (ल्क्भ्त्) संगको सहकार्यमा ८० जना डकर्मीहरुलाई भुकम्प प्रतिरोधात्मक घर निर्माणको तालिम प्रदान गरिएको छ ।
८६. नगरपालिकाको महत्वपुर्ण गतिविधिहरु समेत्ने गरी कावासोती सन्देश पत्रिका तथा नगरपालिकाबाट जारी भएका कानूनहरुलाई व्यवस्थित र जनताको पहुँचमा पुर्याउने उद्देश्य राखी कानून संग्रहको पुस्तक प्रकाशोन्मुख चरणमा रहेको छ ।
८७. कावासोती नगरपालिकाको आवधिक योजना निर्माणको सुरुवात गरिएको ।
८८. योजना प्रक्रियालाई चुस्त दुरुस्त गराउन योजना सफ्टवेयर सञ्चालनमा ल्याइएको छ ।
८९. कावासोती नगरपालिकाको समग्र संस्थागत अवस्थाको मूल्याङ्कन गर्न स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम आ.व. ०७७÷७८ को स्वमूल्याङ्कन सम्पन्न गरिएको छ । जस अनुसार हाम्रो नगरपालिकाले ७७.७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ ।
९०. नगरपालिकाले सम्पादन गरेका काम कारवाहीहरुलाई पारदर्शी, मितव्ययी तथा जवाफदेहि बनाउन हरेक वर्ष सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई सम्पन्न गर्ने गरिएको छ । यस आर्थिक वर्षमा लैङ्गिक उत्तरदायि बजेट परीक्षण समेत सम्पन्न गरिएको छ ।
९१. सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता सम्बन्धि अनलाइन दर्ता संचालन भएको छ । साथै व्यवसाय दर्तालाई अनलाईन प्रणालिसँग आवद्ध गरिएको छ ।
९२. नगरवासीहरूलाई नगरपालिकाको काम कारबाहीका सम्बन्धमा सूचना प्रवाहमा सहज पहुँचको लागि नगरपालिकाको वेबसाइट तथा फेसबुक पेज नियमित अद्यावधिक गरिएको छ ।
९३. नगर क्षेत्र भित्रका गैरकानुनी गतिविधिहरूको नियमन तथा नियन्त्रण गर्न नगर प्रहरी परिचालन गरिएको छ । सबै नगर प्रहरीहरुलाई विपद् व्यवस्थापनमा क्षमता विकास गर्न फायर मेनको तालिम प्रदान गरिएको छ ।
९४. यस नगरक्षेत्रभित्र पत्रकार महासंघमा आबद्ध क्रियाशिल पत्रकारहरुको स्वास्थ्य बिमा गर्ने कार्यक्रम कार्यान्वयनमा आएको छ ।
९५. नगरपापालिका तथा सबै विषयगत शाखाहरु र वडा कार्यालयहरु एवं स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । नगरपालिकाद्वारा सञ्चालित कार्यक्रमहरू तथा जनसरोकारका सूचनाका बारेमा स्थानीय सञ्चार माध्यमबाट निरन्तर प्रसारण हुने व्यवस्था मिलाइएको छ ।
९६. नीजि क्षेत्र संगको सहकार्यलाई जोड दिंदै उद्योग वाणिज्य संघ नवलपुरसँगको सहकार्यमा नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायहरुलाई नगरपालिकाको व्यवसाय दर्ता सफ्टवेयरमा प्रविष्टि गर्ने कार्य गरिएको छ ।
९७. उपभोक्ता समितिको कामकार्वाहीलाई चुस्त, दुरुस्त तथा पारदर्शी बनाउन हरेक वर्ष तालिम प्रदान गर्ने गरिएको ।
९८. महालेखा परीक्षक कार्यालयको अन्तिम लेखा परीक्षणबाट प्राप्त प्रतिवेदनमा औँल्याईएका सुझावहरूलाई कार्यान्वयनमा ल्याइएको छ । उल्लेख भएका बेरुजूहरुका प्रमाण जुटाउने तथा नियमित गर्ने कार्य गरी बेरुजु फर्छ्यौट गर्दै आईएको छ ।
९९. न्यायिक समितिमार्फत मेलमिलापको कार्यमा प्रभावकारिता बढ्दै गएको छ । मेलमिलापकर्ता र न्यायिक समितिको क्षमता अभिवृद्धि गरि इजलासको कार्य सम्पादनलाई प्रभावकारी बनाउंदै लगिएको छ । आ.व. ०७८÷०७९ मंसिर सम्मको तथ्याङ्कलाई आधार लिंदा हालसम्म ७३४ उजुरी दर्ता हुन आएकोमा ४२६ वटा मेलमिलाप भइसकेको र २८९ वटा प्रक्रियामा रहेका छन् र वाँकी १९ वटा अदालति प्रक्रियामा पठाइएको छ ।
१००. न्यायिक समितिको कार्य सम्पादनलाई चुस्त दुरुस्त बनाउन समितिमा प्राप्त उजुरी तथा न्यायिक समितिबाट भएका काम कारबाहीलाई व्यवस्थित गर्न विद्युतीय प्रणालीबाट सूचना प्रवाह गरिएको छ । वडा नं १० र १७ मा मेलमिलाप केन्द्र स्थापना तथा सञ्चालन भएको छ ।
१०१. सामुदायिक मेलमिलापकर्ता समाज नेपालद्वारा कावासोती नगरपालिका न्यायिक समिति अन्तर्गत रहेको मेलमिलाप केन्द्रलाई नवलपुर जिल्लाकै विवाद समाधानमा उत्कृष्ट कार्य सम्पादन गरेवापत आ.व. ०७६÷०७७ का लागि सर्वोकृष्ट मेलमिलाप केन्द्रको रुपमा पुरस्कृत हुन सफल भएको छ ।
१०२. भुमिहिन दलित, भुमिहित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न गरिएको छ । जस अनुसार वडा नं. ३, वडा नं. ५ र वडा नं. १५ को नापनक्साको कार्य समेत सम्पन्न भएको छ भने वडा नं १७ र वडा नं. १६ को नापनक्साको कार्य शूरुवाट भएको चरणमा रहेको छ ।
१०३. हाम्रो कार्यकाल शुरु भएपछि कावासोती नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा रु. ६७ करोड ६८ लाख, आर्थिक वर्ष २०७५÷७६ मा रु. ९४ करोड ९१ लाख, आ.व. २०७६÷७७ मा रु. १ अर्व ८ करोड २२ लाख आ.व. २०७७÷७८ मा रु. १ अर्व २१ करोड ४ लाख र चालु आ.व. २०७८÷८९ मा रु. १ अर्ब २४ करोड ८२ लाख बजेट बिनियोजन भएको छ ।
जसबाट आ.व. २०७४÷७ मा रु. ६३ करोड ८७ लाख, आर्थिक वर्ष २०७५÷७६ मा रु. ७८ करोड ६६ लाख, आ.व. २०७६÷७७ मा रु. ७६ करोड २८ लाख, आ.व. २०७७÷७८ मा रु. ८७ करोड ६० लाख र चालु आ.व. २०७८÷८९ को पुष मसान्त सम्म रु. ३४ करोड ७४ लाख बजेट खर्च भएको छ ।
