मोटरसाइकलमा हतियार लैजाँदै गर्दा तीन जना पक्राउ


 



पर्सा – जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

 

लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई बिहीबार पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

 




पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् ।

 

सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

 

 

मलेसियामा ५ लाख विदेशी कामदारको माग

Petronas Towers, also known as Menara Petronas is the tallest buildings in the world from 1998 to 2004.

 

मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन परेको छ । कोरोना भाइरस संक्रमण घटेको र आर्थिक तथा सामाजिक गतिविधिमा तिव्रता आएपछि मलेसियाले कोरोना भाइरस संक्रमण देखिनु अघि जसरी नै विदेशी कामदार ल्याउन थालेको छ ।

 

मलेसियाका प्रधानमन्त्रीले आगामी मे महिनादेखि सबै कामदारको न्यूनतम तलब १५ सय रिँगेट हुने घोषणा गरिसकेका छन् । कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अप्रिलदेखि नै न्यूनतम तलब १६ सय रिँगेट दिन थालेको बताएका छन् ।

 

 

फ्रि मलेसिया टुडे अनलाइनका अनुसार अप्रिल पहिलो तारेखसम्म मलेसियाको मानव संशाधन मन्त्रालयमा ४ लाख ७५ हजार ६ सय ७८ जना विदेशी कामदार भर्नाको अनुमति माग गर्दै आवेदन परेको छ ।

 

 

मानव संशाधन मन्त्री एम साराभानन्ले सबैभन्दा बढी २ लाख ९० हजार २ सय ४८ जना निर्माण क्षेत्रमा, ७७ हजार सेवा क्षेत्रमा, ५३ हजार ८ सय ५४ प्लान्टेशन क्षेत्रमा, ४३ हजार ५ सय १९ कन्स्ट्रक्सनमा, ११ हजार ३७ जना कृषि र २२ जना माइनिङ अर्थात् खानीका लागि आवेदन परेको बताएका छन् ।

 

 

मन्त्री साराभाननले परेका आवेदनहरूमाथि मन्त्रालयका अधिकारीहरूले छानविन गरिरहेको भन्दै निर्माण तथा प्लान्टेशन क्षेत्रका लागि २ हजार ६ सय ५ जनाको एप्रुभल दिइसकेको बताए ।

 

सेवा क्षेत्रका लागि परेका आवेदनमध्ये कतिपय अपूर्ण रहेको र कतिपय तोकिएको कोटा भन्दा धेरै रहेकोले एप्रुभलको प्रक्रियामा समस्या आएको पनि उनले बताएका छन् ।

 

मलेसियामा कामदार भर्नाको अनुमति मानव संशाधन मन्त्रालयले दिने भए पनि भिसा जारी गर्ने काम गृहमन्त्रालय अन्तर्गत अध्यागमन विभागले गर्ने गरेकोे छ । मलेसियाले करिब दुई वर्षपछि गत फेब्रुअरी १५ तारेखदेखि विदेशी कामदार ल्याउन खुला गर्ने निर्णय गरेकोे थियो ।

 

उता ओमानमा भने विदेशी कामदारको संख्या घट्दै गएको बताइएको छ । कोरोना भाइरस संक्रमणको पछिल्लो दुई वर्षभित्रमा तीन लाख श्रमिकले रोजगारी गुमाएको ओमानका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

विदेशी कामदारको कमीले देशको आर्थिक गतिविधिमा शिथिलताको अवास्था आउन सक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

 

कोरोना भाइरस संक्रमणको पहिलो वर्ष सन् २०२१ मा ओमानमा ५८ हजार आप्रवासी कामदारले ओमान छोडेक तथ्यांक त्यससम्बन्धी काम गर्ने नेशनल सेन्टर फर स्ट्याटिक्स एण्ड इन्फरमेसनले आफ्नो प्रतिवेदनमा जनाएको छ ।

 



सम्बन्धित
Loading...