नवलपुरका ४० महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण


 



 

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज) ले पूर्वी नवलपरासीका महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

 




सामुदायिक प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय गैँडाकोटमा ४० जना महिला प्रहरीको स्वास्थ्य परीक्षण गरिएको हो ।

 

सामुदायिक सेवा केन्द्र गैँडाकोट, सामुदायिक प्रहरी सेवा केन्द्र तथा ईलाका प्रहरी कार्यालय गैँडाकोटको आयोजना र पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

 

शिविरमा नवलपुर क्षेत्रमा कार्यरत ४० जना महिला प्रहरी कर्मचारी र प्रहरी परिवारको स्वास्थ्य परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।

 

कार्यक्रममा प्रहरी उपरीक्षक प्रज्वल मानन्धरले सधैं ड्युटीमा खटिनु पर्ने, समयमा खाना र खाजा समेत खान नपाउने महिला प्रहरीले कार्यालयमै स्वास्थ्य सेवा पाउनु खुशीको कुरा भएको बताए ।

 

सो अवसरमा पुरानो मेडिकल कलेजका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। शुभ श्रेष्ठ, रेडियोलोजिस्ट डा अनिश आचार्य, डा सुस्मिता देवकोटा लगायतले विशेषज्ञ सेवा प्रदान गरे ।

 



सम्बन्धित
Loading...