नवलपुरमा विद्युतीय राहदानी भर्नका लागि यस्तो छ समय लिने तालिका, अब हरेक दिन भर्न पाइने




नवलपुर । पूर्वी नवलपरासीमा विद्युतीय राहदानी लिनका लागि नवलपुर प्रशासनले समय तालिका सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलुरका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले एक सूचना जारी गरी यो साताका लागि विद्युतीय राहदानी लिन तालिका सार्वजनिक गरेका हुन् ।




यस अघि सातामा २ दिन अर्थात प्रत्येक हप्ताको शुक्रबार र आइतबार मात्र राहदानी लिनका लागि अनलाइन फारम भर्न सकिनेमा यो सातादेखि साताका सबै दिन कार्यालय खुलेको दिन विद्युतीय राहदानीका लागि अनलाइन फारम भर्न सकिने सूचनामा जनाइएको छ ।

सूचनामा उल्लेख गरिए अनुसार आइतबार विहान ९ः४५ बजेबाट समय लिन सकिने छ भने सोमबारबाट साँझ साढे ४ बजेबाट समय लिन सकिने छ ।

 

यस्तो छ तालिका

 

 



सम्बन्धित
Loading...