विनयीत्रिवेणीकाे केरा खेतीमा गत वर्ष सिकाटाेका राेगले पारेकाे असर सुधार जनक हुदै
पुर्वी नवलपरासी नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ केरा खेती संगै उखु खेतीकाे पकेट क्षेत्रकाे रुपमा रहेकाे छ । यी २ वडामा मात्रै १ सय ४० विगहा क्षेत्रमा केरा खेती हुदैन अाएकाे छ । भने ८० देखि ८५ किसान केरा खेतीमा संलग्न रहेका छन ।
किसान मदन कुमार साहाका अनुसार २ वर्ष यता कृषि ज्ञान केन्द्र कावासाेतीबाट कृषि ब्लक सञ्चालन हुँदै गर्दा केरा खेती व्यवस्थित हुदै गएकाे हाे।
गत वर्ष केरा खेतीमा देखा परेकाे सिकाटाेका नामक राेगका कारण विनयी त्रिवेणीका किसानहरुले धेरै नै नाेक्सानी बाेहाेरनु परेकाे थियो । यस वर्ष भने केरा खेतीमा केही सुधार अाएकाे किसानले बताएका छन ।
खेतीमा सरसफाइका कमीकाे कारण केराकाे पातमा सानाे दागले विस्तारै ठुलो हुदै जादा पात सुक्ने र पुर्व तयारी नहुदै फल झर्ने र पाक्ने गरेकाेले किसानले धेरै नाेक्सानी बेहोर्न परेकाे कृषि ज्ञान केन्द्र कि बालि संरक्षण अधिकृत मिरा चाैधरीले बताउनुभयो ।
विनयी त्रिवेणी गाउपालीका ६ का एक किसानले ४ टन केराकाे नाेक्सानी बेहाेर्नु परेकाे बताउनुभयो । राेगका कारण गत वर्ष १५ कठामा लगाएकाे केरा खेतीमा अाैषधी र खेतीमा सरसफाइ गरे पश्चात् याे वर्ष सुधार अाएकाे बताउनुभयो । याे वर्ष केरा खेतीमा सुधार अाएता पनि किसान पुन उखु खेती प्रति फर्केको किसानले अनुभव गरेका छन । गत वर्ष बेहाेर्नु परेकाे नाेक्सानीले गर्दा केरा किसान उखु खेती प्रति अाक्रसित भएका हुन । – नवलपुर एफए