कावासोतीमा एमालेले कुनकुन वडामा टुंगायो उमेदवार




रामकुमार श्रेष्ठ –

नवलपुर । नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन दल उमेदवार छान्न अलमलमा परिरहेको बेला नवलपुरको कावासोतीमा भने एमालेले भटाभट उमेदवार छानेको छ ।




नवलपुरमा नेकपा एमालेले कावासोती नगरपालिका सहित नवलपुरका ९२ वटै वडामा सर्वसम्मत ढंगले उमेदवार छान्न व्यस्त रहेको छ भने अहिले पालिका स्तरको मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको आकांक्षीहरुको नाम संकलन शुरु गरेको छ ।

यसैबीच कावासोती नगरपालिकामा नेकपा एमालेले ६ वटा वडामा सर्वसम्मत उमेदवार चयन गरेको छ ।
नेकपा एमाले स्रोतका अनुसार अहिलेसम्म कावासोती ३, ५, ८, ९, १२ र १६ मा सर्वसम्मत उमेदवार चयन गरेको हो ।
अन्य वडाहरुमा पनि वडाअध्यक्षका उमेदवारहरुको सूची छोट्याउँदै गएको एमाले निकट पत्रकार सागर पोख्रेलले बताए ।

१७ वटा वडा रहेको कावासोतीमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले ८, नेपाली काँग्रेसले ८ र माओवादी केन्द्रले १ वटा वडामा वडा अध्यक्षमा जित हात पारेको थियो ।
कावासोती ५ र कावासोती ८ मा वडा सदस्यहरुका उमेदवारहरुको नामावली समेत एमाले टुंगाएको छ भने अन्य वडाहरुमा केही सदस्य टुग्याउन बाँकी रहेको छ ।

एमालेले छानेको वडाध्यक्षका उमेदवारहरु

कावासोती ३ डोरमान गिरी
कावासोती ५ निरजकुमार पुन
कावासोती ८ गोकर्ण रिमाल
कावासोती ९ झलक शर्मा
कावासोती १२ धु्रव खनाल (दिपेश)
कावासोती १६ शिव गिरी

 

 



सम्बन्धित
Loading...