चुनावमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ? जितकाे लागि यसरी मिलाउनुस आफ्नो घरको वास्तु
– लक्ष्मी प्रसाद सोती –
मेरो समाजमा राम्रो सम्बन्ध छ, फरक पार्टीका मान्छेहरुसंग मित्रवत व्यवहार छ तसर्थ मलाई सबैको भोट आउछ भन्ने लाग्छ| विकास निर्माणको म संग प्रस्ट खाका छ, नयाँ सोच र भिजन छ, पपुलर छु, शिछित पनि छु तसर्थ म जहाँजादा पनि यसपाली हाम्रो भोट तपाइलाईनै हो ढूक्क हुनु भन्छन्; त्यसैले पनि म चुनाबमा विजयी हुनेछु| उमेदवारलाई यो महसुस हुनु स्वभाविक हो तर चुनाबको नतिजा घोषणा हुदा नतिजा फरक आउछ; सोच्दै नसोचेको परिणाम देखिन्छ चुनाबमा, अर्को मान्छे बिजेता भईदिन्छ| आखिर नेतामा हुनुपर्ने सबै गुण हुदाहुदै पनि हारिन्छ किन त?
वास्तुको उद्देश्य मान्छे, संरचना, प्रकृति र ब्रह्माण्ड बीच एक तालमेल स्थापित गर्नको लागी हो। यदि कुनै भवनमा भण्डारण गरिएको ऊर्जा नकरात्मक छ भने त्यहाँ बस्ने मान्छेहरु र उसले गर्ने कर्महरुमा बिभिन्न बाधा अड्चनहरु देखापर्न सक्छ। हामी कस्तो घरमा बस्छौ, त्यसको उर्जा व्यवस्थापन कस्तो छ? कस्तो उर्जाले हामीलाई प्रभावित बनाईरहेको छ भन्ने कुरा पनि प्रमुख बिषय रहन्छ | चुनाबमा उठ्ने उमेदवारलाई दाजुभाइ, छरछिमेक, घरपरिवार, बिदेशीएका ईस्टमित्र साथीभाईको साथ, आफु चुनाबमा उठ्ने छेत्रको मतदाताहरुको बाहिर देखिने एक किसमको हौसला सबै त्यो उमेदवारलाई होला | आर्थिक, नैतिक, सामाजिक हरेक हिसाबले सहयोग गर्नेहरुपनि धेरै होलान, यति कुराहरुले मात्र चुनाबमा विजयी पक्कै भईदैन | मुख्य कुरा उक्त उमेदवारलाई प्रकृति (Nature) को साथ कस्तो रहेछ भन्ने कुरा गौण हुन आउछ | वास्तुमा पन्च तत्वको Cycle of creation, cycle of destruction, Cycle of control को सिद्दान्त लाई आधार मान्दा जल तत्वलाई पृथ्वी तत्वले नस्ट गर्छ र अग्नि तत्वलाई जल तत्वले नस्ट गर्दछ। जल तत्वको अभिभावक आकाश तत्व हो र जल तत्वले पैदा गराउने वायु तत्व हो। घरको उत्तरपुर्व दिशा असन्तुलित भएमा जल तत्वलाई असर गर्दछ। वास्तुको हिसाबले हेर्दा त्यो घर चुनाबमा प्रतिस्पर्धा गरेर बिजय बन्ने खालको छ त ? चुनाब जुनसुकै होस् चाहे त्यो नगरपालिकाको/ गाउपालिकाको जनप्रतिनिधी बन्न, त्यस छेत्र वा जिल्लाको संसद बन्न वा कुनै खानेपानी सस्था, समुदायिक बन, अन्य संघसस्थाको वा आफ्नै पार्टीभित्रको बिभिन्न पदमा चुनाब पर्तिस्पर्धा गरेर बिजय हुनको लागि त्यो उमेदवारको घरको वास्तु राजनीतिक हिसाबले मिलेको हुनुपर्दछ |

कोहि मान्छे नेता बन्नको लागि निर्बिरोध वा मनोनित हुदैपनि माथि जान सक्छन | यो लेख चुनावमै होमिएर प्रतिस्पर्धा गरेर जित्न चाहनेहरुको लागि रहेको छ | यो लेख बैज्ञानिक वास्तु अध्यन गरेको आधारमा मात्र नभई प्रयोगात्मक रुपमा चुनाब हर्ने र जित्ने उमेदवारहरुको घरको वृस्तीत वास्तु अध्यनगरि सोको निष्कर्षलाई समेत आधार मानी तय गरिएको हो| बिगतका दिनहरुमा पनी चुनाव लडेर पराजय भोग्नु भएको छ, कहिलेकाही बराबर भोट आएरपनी छनोट उपायमा हार बेहोर्नु परेको छ र आगामी चुनावमा बिजयी हासिल गर्न चाहनुहुन्छ भने आफ्नो घरको यसरी उर्जा व्याबस्थापन गरेर अघि बढ्नु हितकर हुन्छ |
अब चर्चा गरौं चुनावमा विजयी हुन उमेदवारको घरको वास्तु कस्तो हुनुपर्दछ त ?
- चुनाबमा पतिस्पर्धामा गएर बिजय हुन उमेदवारको घरमा पूर्व ,दक्षिण र उत्तरपश्चिम दिशाको महत्वपूर्ण भूमिका रहेको हुन्छ | यी ३ दिशामा शौचालय, anti object, anti activity, anti element हुनुहुदैन | यदि छ भने बिना तोडफोड स्वयम घरधनीलेनै शौचालयको वास्तु उपचार गर्न सकिन्छ | माथिको ३ दिशामा घरको ठीक उत्तर दिशालाई ० डिग्री मानेर हेर्दा पूर्व दिशा भन्नाले घरको ७८.७५ डिग्री देखी १०१.२५ डिग्री सम्मको २२.५ डिग्रीको भाग, दक्षिण दिशा भन्नाले घरको १७८.७५ डिग्री देखी २०१.२५ डिग्री सम्मको २२.५ डिग्रीको भाग र उत्तरपश्चिम दिशा भन्नाले घरको ३०३.७५ डिग्री देखी ३२६.२५ डिग्री सम्मको २२.५ डिग्रीको भाग भन्ने बुज्नुपर्दछ |
- वास्तुको हिसाबले पूर्व दिशा सामाजिक सम्बन्धको दिशा हो, पञ्च तत्व मध्य वायु तत्वको दिशा हो र ४५ ऊर्जाको हिसाबले आर्यमा उर्जाले ओगटेको दिशा हो | यो दिशाको गुणधर्म भनेको सामाजिक सम्बन्धलाई ऊर्जा प्रदान गर्नु हो | पूर्व दिशामा शौचालय छ भने उक्त शौचालयले उक्त दिशाको गुणधर्मलाई विसर्जन गरिरहेको हुन्छ | तसर्थ सोचेअनुसार भोटनै आउदैन | पूर्व दिशामा शौचालय, डस्टबिन , पहेलो रंग, गोलो आकार हुनुहुदैन | घरको यो भाग घटेको वा बढेको हुनुहुदैन | उक्त दिशाको वास्तु बारचार्ट संतुलित हुनुपर्छ | यो दिशामा उमेदवारनै सुत्दा झनै राम्रो हुन्छ तर यो बाहेकको अन्य उर्जावान दिशामा पनि सुत्न सकिन्छ | यो दिशामा रातो गमलामा सक्कली हरियो बिरुवा राख्दा राम्रो हुन्छ | यो दिशामा भोटरहरु संग स्वयं उमेदवार समेत देखिएको एउटा तस्बीर राख्नु पर्दछ |
- चुनावमा उमेदवार कुन नगर/प्रदेश/संघ/ तहको वा कुन संघ/सस्था/पार्टीको चुनाव लड्ने हो त्यसैको लोगो उत्तरपूर्व दिशामा गोलो आकारमा रहनेगरी रख्नुपर्द्छ | वास्तुमा यो दिशा साथ सपोर्ट र आशीर्वादको दिशा हो | यो दिशामा शौचालय, भान्छा कोठा पर्दछ भने त्यसले यो दिशाको गुण धर्मलाई नस्ट गरिरहेको हुन्छ | यदि पहिलेनै बनिसकेको छ भने यसलाई बैज्ञानिक प्रबिधिबाट बिना तोडफोड वास्तु उपचार गर्न सकिन्छ | उक्त दिशामा रातो र हरियो रंग हुनु हुदैन | यो दिशामा आफु कुन चिन्ह लिएर उठ्ने हो सोको झन्डा र चुनाब चिन्ह राख्नुपर्दछ | घर बहिर यो दिशामा एउटा झन्डा राख्दा राम्रो हुन्छ |
- घरभित्र दछिण दिशामा उमेदवारले स्वयं आफ्नो फोटो राख्नुपर्छ जसले चुनावमा राम्रो ब्राण्ड बनाउन मद्दत गर्छ | दछिण दिशा पञ्चतत्व मध्य अग्नि तत्व र १६ दिशामा नाम/ ब्राण्ड चम्काउने दिशा र ४५ ऊर्जा मध्य बिभिसण र यमको दिशा हो | यो दिशामा शौचालय हुनुहुदैन यदि छ भने वास्तु उपचार गर्नुपर्छ, भान्छा कोठा राम्रोनै मानिन्छ | यो दिशामा कालो र निलो रंगका तन्ना, पर्दा, तस्बीरहरु हुनुहुदैन |
- झुक्किएर पनी चुनावमा उठ्ने उमेदवार घरको दछिण दछिण पश्चिम (SSW) दिशामा सुत्ने वा चुनावसंग सम्बंधित मुख्य गतिबिधिहरू गर्नु हुदैन | यो बिसर्जनको दिशा हो जून दछिण दिशा र दछिण पश्चिम दिशाको बिचमा पर्ने २२.५ डिग्री को भाग हो |
- हरेकको घरमा हुने वास्तुका ४५ उर्जाहरु मध्य पूर्व, दछिण र उत्तरपश्चिममा हुने उर्जाहरू अर्यमा, बिभिसण, रूद्र र मुख्यिया उर्जा संतुलित भएमा चुनाव जित्न सजिलो हुन्छ | यी उर्जाहरू प्रतिस्पर्धात्मक कार्यको लगी सिद्दी प्रदान गर्ने उर्जाहरू हो |
अब चर्चा गरौ के यी ३ दिशा संतुलित भएमा त्यों उमेदवार सधै बिजयी भईरहन्छ त ?

सधै एउटा ब्यक्तिको बारम्बार अर्को त्यही ब्यक्ति मुख्य प्रतिस्पर्धी नहुन सक्छ | अर्को कुरा प्रतिस्पर्धीको घरको चुनाबमा जित्न भूमिका खेल्ने मुख्य ३ दिशाको अबस्था के कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ |
कुनै पनि मान्छेले आफ्नो वा आफ्नो व्यवसायमा सफलता प्राप्त गर्नको लागि तलका यी ३ कुराले मुख्य भूमिका खेलेको हुन्छ l
- भाग्य / दशा ( Heaven Luck/ Planet Energy) को ३३%,
- कर्म (Human Luck) को ३३% र
- वास्तु (Vastu/Earth Luck) को ३३%
घरको उर्जा व्यबस्थापन सही भयो भने ३३ % आयो | कर्म त आखिर गर्नैपर्छ किनकी आफ्नो ब्यक्तिगत संघर्षमा त्यसको फल ३३% रहेको छ l भाग्यलाई मौन राखेर निरन्तर कर्म गरियो र आफ्नो घरको उर्जा ब्यबस्थापन अर्थात वास्तु राम्रो रह्यो भने ६६ % प्राप्त भयो | यसरी आफ्नो घरको उर्जा ब्यवस्थापन सही ढंगले गरेर चुनावमा प्रतिस्पर्धा गर्दा सफल भईन्छ |
-लक्ष्मी प्रसाद सोती
( लेखक बैज्ञानिक महावास्तु बिशेषज्ञ, सिभिल इन्जिनियर, एवम् नेपाल ज्योतिष परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ )
