अव फुडएपिकले ल्याएको छ हातहातमा किराना

मानिसको व्यस्त जीवनशैलिको कारण सयमको मह्त्व बढ्दै गएसँगै छोटो र छिटो समयमा ग्राहकले सेवा पाउनु पर्ने मान्यता अनुरुप आधुनिक सूचना र प्रविधिको प्रयोग मार्फत कावासोती ३ मा FOODAPICk APP संचालनमा ल्याईएको छ ।
विशेष गरी नवलपरासी (ब.सु.पू) जिल्लाका आम नागरिकहरुलाई यस एपको प्रयोग मार्फत आफ्नो दैनिक घरायसि किचन सामाग्री लगायतका सम्पूर्ण किराना सामानहरु उपलब्ध गराउने उदेश्यका साथ संचालनमा ल्याईएको FOODAPIC का संचालकले बताउनु भयो ।
यो एफ एन्ड्रोईड मोबाईलको प्लेस्टोरमा गई डाउनलोड गर्न सकिन्छ र एप बाटै आफूलाई चाहिएको सामाग्री अनलाईन अडर गर्न सकिन्छ । त्यस्तै वेभसाइड www.foodapick.com र प्रत्यक्ष फोनको माध्यम बाट समेत सामानहरु अडर गर्न सकिन्छ ।
हालको सुरुवाती समयमा कावासोती नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाई सेवा प्रदान गर्ने र विस्तारै नवलपुर जिल्ला भरिनै आफ्नो सेवा विस्तार गर्ने सोच रहेको FOODAPIC का संचालकले बताउनु भयो । मोवाइल एप वा वेभसाइड बाट अर्डर भएपश्चात तुरुन्तै होम डेलिभरिको व्यस्था रहेको छ ।
हाल यस FOODAPICK बाट किचन, किराना, बेकरी, liquor item,कस्मेटिक र फलफूल तथा तरकारी आईटम उपलब्ध रहेको छ । यस एपबाट सामान खरिद गर्दा सबै भन्दा बढी मासिक खरिद गर्ने खरिदकर्तालाई विशेष छुटको व्यवस्था गरिएको छ भने महिनामा सबै भन्दा बढी खरिद गर्ने पहिलो ८ जना लाई जंगल सफारीको प्याकेज रहेको छ ।
ग्राहकले सबै सामाहरु होलसेल दररेटमा आफ्नो घरमै प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै आफ्नो प्रोमो कोड प्रयोग गरी अरुको सामान अर्डर गरेबापत बोनस प्राप्त गर्न सक्नुहुनेछ ।