कतारका राजाले दिए जेलमा रहेका २१ नेपालीलाई आममाफी




कतारमा रमादानको अवसरमा २१ जना नेपालीले क्षमादान पाएका छन् ।

कतारका अमिर शेख तमिम बी हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा ती नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

 




यसरी क्षमादान पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ र आर्थिक हिनामिनामा मुछिएका ५ जना दोषी ठहर भई सजाय भोगिरहेका थिए ।

क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रिया शुरु भएको समेत दूतावासको भनाइ छ ।

 

दूतावासका अनुसार अझै तीन नेपालीले विभिन्न कसुरमा जेल जीवन बिताइरहेका छन् ।



सम्बन्धित
Loading...