आग-लागीबाट एकै घरका चार बालबालिकाको मु त्यु




जुम्ला  जिल्लाको सार्कीवाडामा भएको आग-लागीमा चार जना बालबालिकाको मुत्यु भएको छ । तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा आग-लागी हुँदा चार जना बाल बालिकाको ज’लेर मु-त्यु भएको हो ।

आगलामा मानसिहं सार्कीकी १४ वर्षकी भान्जी तुलसा सार्की ,११ वर्षीया छोरी अनु सार्की, ३ वर्षीया छोरी दर्शना सार्की र एक वर्षको छोरा दिपेश सार्कीको जलेर मृ(त्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए ।



आगलागीमा मानसिंह सार्की र उनकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्की घा(इते भएका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना ,र त्यहाका स्थानीयवासीको सहयोगमा आ–गो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा टाढा पर्ने सो गाउँमा आग-लागीको कारण खुल्न सकेको छैन । स्थानीय जयलाल कठायतका अनुसार राति ११ः२० बजे तिर आग-लागी भएको थियो ।

 

जिल्ला प्रहरीलाई भने राति ११ः४५ बजे आग-लागी भएको जानकारी आएको थियो ।  घर लत्ता कपडा,  अन्नपात लगायत सबै सामान ज’लेर न-ष्ट भएको छ । क्ष’तीको पूर्ण विवरण आउन बाँकी छ ।

 



सम्बन्धित
Loading...