अमेरिकामा १२ औँ तलाबाट ख’स्दा एक जना नेपालीको मृ-त्यु




अमेरिकाको बोष्टनमा १२ औ तलाबाट खसेर एक नेपाली युवाको नि’धन भएको छ ।

कामको शिलशिलामा दुर्घटना हुँदा बुधबार ३५ वर्षिय दीपक नेपालको मृ-त्यु भएको हो ।




क्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम गर्दै आएको उनी कामको शिलशिलमा १२ औ तलाबाट खसेको भनिएपनि के कारणले दुर्घटना भएको हो भन्नेबारे स्पष्ट छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

चितवनको इच्छाकामना ३ तुम्लिङटारका दीपकका श्रीमती तथा पाँच र दुई वर्षका दुई छोरी छन्।

दीपकका आमा बुबा पनि बोस्टनमा सँगै बस्दै आएका छन् । उनी डिभि परेर सन् २०१२ मा अमेरिका गएको जनाइएको छ ।



सम्बन्धित
Loading...