नवलपुरमा बसको ठक्करबाट ७० वर्षीय वृद्दा घाइते

ममता गौतम । पुर्वी नवलपरासीको सडक छेउमा लडिरहेको अवस्थामा एक वृद्दा फेला परेका छन् ।
पुर्व पश्चिम राजमार्गमा पर्ने देवचुली नगरपालीका वार्ड नं १७ फारम स्थित सडक छेउमा लडिरहेको अवस्थामा एक वृद्दा फेला परेका हुन् ।
ऐ. नगरपालीका वार्ड नं १७ बस्ने वर्ष ७० का बम बहादुर थापा रहेका छन् ।
उनको टाउको र बायां खुट्टामा चोट लागेको र उनलाइ उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर पठाईएको ईलाका प्रहरी कार्यलय रजहरले बताएको छ ।
उक्त घाइतेलाई बुझ्दा नारायणगढ तर्फ गएको बसले ठक्कर दिएको भन्ने प्रहरीले जानकारी दिएको छ ।
सवारी साधन भने खोजिकार्य भईरहेको प्रहरी कार्यलय रजहरले बताएको छ ।