पश्चिम नवलपरासीमा कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाको उमेदवारी फिर्ता/६ जनाको उमेदवारी रद्द




हरि शर्मा –
परासी, १६ बैशाख – पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाले उमेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा सुनवल नगरपालिकाको उपप्रमुखमा बागी उमेदवारी दिएका नेपाली कांग्रेसका सोम बहादुर रायमाझी छन् । उनी कांग्रेस नगर समितिका सभापति हुन् ।

 




त्यस्तै उमेदवारी फिर्ता लिनेमा सरावल गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएका नेकपा एमालेका पञ्चराम चौधरी छन् । उनी एमाले जिल्ला कमिटी सदस्य हुन् । उमेदवारी फिर्ता लिनेमा माओवादी केन्द्र, नेकपा एस (एकीकृत समाजवादी), राप्रपा र जनमत पार्टीलगायतका छन् । राजनीतिक दलबाहेक स्वतन्त्रबाट उमेदवारी फिर्ता लिनेमा अधिकांश वडाअध्यक्षमा उमेदवारी दिएका छन् ।

६ जनाको उमेदवारी रद्द भएको छ । रद्द हुनेमा बन्दसूचीमा रहेका र मतदाता नामावलीमा नाम नभएका छन् ।

 

त्यस्तै १ जनाको पेश्की फछ्यौट नगरेकाले उमेदवारी रद्द भएको छ । ३ नगरपालिका र ४ गाउँपालिका सहित ७ स्थानीय तह रहेको जिल्लामा ७४ वडा छन् । ३ सय ८४ पदका लागि । कुल २१ सय ९ जनाको उमेदवारी कायम भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।

नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षमा कुल ७८ जनाको उमेदवारी परेको छ भने नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्षमा कुल ५४ जनाको उमेदवारी परेको छ ।



सम्बन्धित
Loading...