होटल ब्यावसायीको तेस्रो बार्षिकोत्सव

नवलपुर होटल ब्यावसायी संघ जिल्ला कार्यसमितिले आफ्नो तस्रो बार्षिकोत्सव तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार संघका अध्यक्ष सन्तोष रानाको अध्यक्षता तथा होटल ब्यावसायी महासंघका केन्द्रिय सदस्य बालकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघका जेष्ठ सदस्य मणीराम कंडेल लगाएत जिल्लाका होटल ब्यवसायीको उपस्थिति रहेको थियो ।
संघले नवलपुरका पर्यटकीय स्थल, होटल ब्यावसायीको परिचय तथा पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तब्यको चिनारी सहितको क्यालेण्डर प्रकाशित गरि विमोचन गरेको हो ।