भरुवा बन्दुकसहित ४ जना पक्राउ


 




रुपन्देहीको देवदहबाट प्रहरीले अवैध हातहतियारसहित ४ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सटाकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामी, ३६ वर्षीय चेतबहादुर दर्लामी र ५० वर्षीय सुनबहादुर आले रहेको प्रहरीले जनाएको छ ।

 


उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ थान, केप ७५ थान र पेचकस २ थान पक्राउ गरिएको छ ।

 

यसैगरी फलामको चक्कु २ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

 

उनीहरुलाइ देवदह वडा नम्बर ६ स्थित पाल्पाली सामुदायिक वनभित्र चोरी शिकारी गर्न निस्केको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...