नेपाली श्रमिकको पारिश्रमिक वृद्धि…..


 



मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ ।

 

सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो ।

 




मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रामाणिकारण गरिने जनाएको छ ।

 

दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो ।

 

दूतावासले हालै सूचना जारी गर्दै मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो ।

 

अब मलेसिया जाने नेपाली श्रमिकले कम्तिमा पनि ४२ हजार रुपैयाँ पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नु पर्नेछ । यसअघि मलेसियामा काम गर्ने साधारण श्रमिकको पारिश्रमिक १ हजार २०० रिंगेट थियो ।

 

हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको नेतृत्वमा मलेसिया गएको टोलीका सदस्य एवं श्रम मन्त्रालयका सहसचिव थानेश्वर भुसालले मलेसिया सरकारले साधारण श्रमिकको तलब १ हजार ५ सय तोके पनि सुरक्षाकर्मीको रुपमा जाने नेपालीको पारिश्रमिक ३ हजार रिंगेट भन्दा बढी निर्धारण गर्न नेपालले अनुरोध गरेको जानकारी दिए ।

 



सम्बन्धित
Loading...