बैशाख २७ गतेदेखी नवलपुरको सिमानाका त्रिवेणी बन्द




कावासोती । स्थानीय तह निर्वाचनालाई लक्षित गरि बैशाख २७ गतेबाट नवलपुर जिल्ला संग जोडिएको भारतीय नाका त्रिवेणीधाम क्षेत्र बन्द गरिने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय नवलपुरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै नवलपुरसंग जोडिएको भारतीय सिमानाका त्रिवेणी चार दिनका लागि बन्द गरिने जनाएको छ ।

 




निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि बैशाख २७ गतेबाट बन्द गरिने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

 

अधिकारीका अनुसार बैशाख २७ गते बिहान ७ बजेबाट बैशाख ३० गते साझ १२ बजेसम्म सिमामा आवतजावत बन्द गरिने छ ।

 



सम्बन्धित
Loading...