विवेकशील साझा पार्टीका उम्मेदवार एक्लै भोट माग्दै, निर्वाचन खर्च ३० हजार


 



कावासोती । पूर्वी नवलपरासीको कावासोतीको विवेकशील साझा पार्टीका नगर प्रमुख पदका उमेदवार केशव अधिकारी कावासोतीमा अहिले एक्कै मतदाताहरुसँग घरदैलो र भोट माग्न व्यस्त छन् ।

 

ठूला दलहरुले दैनिक लाखौं खर्च गरेर तामझामका साथ शक्ति प्रदर्शन गर्दै विपक्ष दललाई कमजोर देखाउने प्रयास गरिरहेको बेला विवेकशील साझा पार्टीका उम्मेदवार केवश अधिकारी भने उम्मेदवारी दिएको दिनदेखि एक्लै गाउँगाउँ घरघरमा मतदान माग्दै हिडेका छन् ।

 




आफ्नो निजी वाइकमा अघिल्लो भागमा चुनाव चिन्ह अंकित झण्डा र पछिल्लो भागमा पार्टीको झण्डा हालेर एक्लै मतमाग्दै हिडेका छन् ।

उनी एक्लै मत माग्न आएको देख्दा मतदाताहरु पनि अचम्म मानेर हेर्ने गरेको अधिकारीले बताए ।

 

उनी विवेकशील साझापार्टीबाट कावासोती नगरपालिका भित्रका एक मात्र उम्मेदवार हुन् । उनले ३५ बुदे घोषणा पत्र बाँड्दै एक्लै घरघर मत माग्दै हिडेका छन् ।

ठूला दलहरुले दैनिक लाखौं खर्च गरेर चुनावी प्रचारप्रसार र शक्ति प्रदर्शन गरिरहेको बेला उनले भने निर्वाचन खर्च घटाएर निर्वाचन सबैको पहुँचमा ल्याउनका लागि ३० हजार रुपैयाँले निर्वाचन प्रचारप्रसारदेखि घरदैलो खर्च पुराउने बताए ।

 



सम्बन्धित
Loading...