आचारसंहिताको उलंघन गर्दै नवलपरासीका राजनैतिक पार्टीहरु

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सोमवार नेकपा (एमाले)ले निकालेको चुनावी रैलीमा बालबालिकाहरुलाई प्रयोग गरेको अवश्था ।
।
परासी समाचारदाता गोपी ज्ञवाली
नवलपरासी, बैशाख २६ गते । पश्चिम नवलपरासीका विभिन्न स्थानिय तहहरुमा राजनैतिक पार्टीका कार्यकर्ताहरुले आचारसंहिताको ब्यापक उलंघन गरेका छन भने सम्बन्धित निकाय भने मौन गरेको छ ।
आचारसंहितको मापदण्ड भन्दा विपरित राजनैतिक पार्टीका रैली र सभाहरुमा जिल्लाको दक्षिणी क्षेत्रमा बडि मात्रामा बालबालिकाहरुको प्रयोग गरेको पाईएको छ भने राजनैतिक पार्टीहरुलाई निर्वाचन आयोगले तय गरेको भन्द बडि संख्यामा गाडीहरु संचालन गर्ने, मापदण्ड विपरित रैली गर्ने, ठुला ठुला पोष्टर र बैनरहरुको प्रदर्शन गर्ने, मापदण्ड विपरित चर्को आवाजमा उमेदवारहरुका प्रचार प्रशारमा माईकहरु प्रयोग गर्ने अगाएतका कामहरु भई रहेको पाईएको छ ।
प्रचार प्रसारको अवधि सकिन लाग्दा विभिन्न राजनैतिक पार्टीका कार्यकर्ताहरुले ग्रामिण क्षेत्रहरुमा मददाताको मत प्रभावित पार्ने गरी गाउँ गाउँमा मासु र रक्सि जस्ता मादक पदार्थहरुको वितरण समेच शुरु भएको पाईएको छ ।

निर्वाचन आचारसंहितामा कुनै पनि उमेदवारले आफनो पार्टी वा निर्वाचन सम्पर्क कार्यालय बाहेक अन्य ठाउँमा पोस्तर, पर्चा, पम्पलेट, फलेक्स प्रिन्ट राख्न नपाउने भनिएको भए पनि अहिले जिल्लाका सबै जसो राजनैतिक पार्टीहरुले ब्यापक रुपमा पार्चा पम्पलेट, फलेक्सप्रिन्टका बैनरहरु ब्यापक रुपमा लगाईएको भए पनि सम्बन्धित निकायले ध्यान नदिएको पाईएको नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्ष हरि शर्माले बताउनु भएको छ ।
यसै गरि जिल्लाको दक्षिणी भागका गाउँ नगर पालिकाहरुमा ब्यापक रुपमा आचारसंहिताको मापदण्ड विपरित बालबालिकाहरुलाई राजनैतिक पार्टीहरुको रैलीमा झण्डा समातन लगाएर परिचालन गरेको पाईएको छ । प्रचारप्रशारको समय सकिदै गर्दा गाउँ गाउँमा आर्थिक र रक्सि मासुको वितरणको क्रमले तिब्रता पाउन थालेको बताईएको छ ।
