मतदातालाई बाँड्न राखेका साडी बरामद

हरि शर्मा –
परासी, – मतदातालाई प्रलोभनमा पार्नका लागि वितरण गर्न राखिएका साडीलाई प्रहरीले सोमबार बरामद गरेको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । स्थानीय सुरेश यादवको घरबाट बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताउनुभयो । ‘चुनावमा बाँड्न हो वा के हो ? त्यसबारे अनुसन्धान हुँदैछ । अहिले साडी बरामद गरेर ल्याएका छौं ।’ शाहीले भन्नुभयो ।
२७ गते रातिबाट मौन अवधि शुरु हुने भएकाले त्यसअघि नै मतदातालाई बाँडनका लागि साडी तयारी अवस्थामा राखिएको बताइएको छ । बरामद साडी नेकपा एमालेका उमेदवारले बाँड्न ल्याएको आरोप छ । तर एमालेबाट सुनवल नगरपालिकाको प्रमुख पदका उमेदवार विमला अर्यालले भने त्यसलाई अस्वीकार गर्नुभएको छ । ‘ प्रचारमा हिडेका कार्यकर्तालाई खाना खुवाउन त सकिएको छैन ।
आ–आफ्ना खर्चमा कार्यकर्ता हिडेका छन् । कहाँको साडी ल्याएर बाँड्नु ? हामीले कसैलाई केही बाँड्दैनौ । त्यसबारे मलाई केही जानकारी छैन ।’ अर्यालले भन्नुभयो ।
अहिले जिल्लाका सबैजसो प्रतिस्पर्धी उमेदवारहरुले मतदाताहरुलाई प्रलोभनमा पार्न विभिन्न सामाग्रीहरु दिन शुरु गरेका छन् । ४÷५ दिनअघि देखि नै नगदसहित मासु र रक्सीसमेत मतदाताहरुलाई बाँड्न कार्यकर्ताहरुको घर÷घरमा पु¥याइएको बताइएको छ ।
