नवलपुरमा २९९१ कर्मचारी निर्वाचनका लागि खटिदै

नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनका लागि २९९१ जना कर्मचारी खटिदै छन् ।
चार नगरपालिका र ४ गाउँपालिका रहेको नवलपरासीमा ११३ वटा मतदान स्थल र २ सय ९९ वटा मतदान केन्द्र रहेको छन् ।
जिल्ला निर्वाचन अधिकृत लालप्रसाद शर्माका अनुसार नवलपुरमा २९९ जना मतदान अधिकृत, २९९ जना सहायक मतदान अधिकृत, १४९३ जना कर्मचारी र ९ सय जना स्वयम सेवक गरी २ हजार ९ सय ९१ जना कर्मचारी निर्वाचनमा खटिने भएका हुन् ।
निर्वाचनका लागि आज सबै मतदान अधिकृतहरुले मतदान सामग्री लिएर मतदान केन्द्र तर्फ प्रस्थान गर्ने भुसालले बताए ।
नवलपुरमा २ लाख ५४ हजार ६ सय १५ जना मतदाताहरु रहेका छन् ।
निर्वाचनका लागि निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृतहरू ( फोटो फिचर )
