१३ औं सागकी स्वर्णधारी सन्जु मृ`त भेटिइन्


 



१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृ`त अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

 




उनी बिहान ५ः३० बजे मृ`त अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए । शाहले सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अ`नुसन्धानले आत्महत्या देखिने उनले बताए ।

 

सञ्जु केही समयअघि देखि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

 

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृ`त भेटिएको जानकारी गराए ।

 

प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी सन्जु बिहान बन्द कोठामा झु`न्डिएको अवस्थामा फेला परेकी हुन् ।

 

प्रशिक्षक महर्जनको घरमा आयोजित जात्राको भोजमा सामान्य अवस्थामा सामेल भएकी सन्जु बिहान मृ`त भेटिएकी हुन् ।

 

भोजमा संघका अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी उपस्थित रहेका थिए । अध्यक्ष श्रेष्ठले भोजमा सामान्य अवस्थामा रहेकी सन्जुबारे बिहान यस्तो खबर आएको बताए ।

 

प्रारम्भिक अ`नुसन्धानमा उनले आ`त्महत्या गरेको देखिएको छ ।

 

नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले घटनाको प्रकृति हेर्दा आ`त्महत्या गरेको देखिएको र अ`नुसन्धानपछि थप जानकारी आउने बताए ।

 

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।

 

उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।

 

बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

 



सम्बन्धित
Loading...