वडा अध्यक्षका उम्मेदवारको मृ`त्यु

दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको मृ`त्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृ`त्यु भएको हो ।
५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको समस्या रहेको बताएको छ । चुनाब प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो ।
त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । जहाँ गएराति उनको मृ`त्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।
उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।