कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौती




कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौतीको रुपमा देखिएका छन् ।

यस अघि नेकपा एमालेले चुनाव जितेको वडा नं. ४ मा यस पटक नेकपा एमालेकै कार्यकर्ता सुशिल पौडेलले बागी दिए पछि ठूला दललाई उनको उमेदवार चुनौती देखिएको हो । स्थानीय मतदाताहरुका अनुसार काँग्रेसका वडाध्यक्षका उम्मेदवार मुक्ति थापा पुलामी, एमालेका वडाध्यक्षका उम्मेदवार नारायण लोहनी र स्वतन्त्र उम्मेदवार शुशिल पौडेलबीच कडा प्रतिप्रर्धा हुने देखिएको छ ।

 




यहाँ २ हजार ४ सय ४९ जना मतदाता रहेका छन् । एमालेका बागी उम्मेदवार शुशिल पौडेलले एमालेको राम्रै मत काटेको खण्डमा काँग्रेसलाई जित सहज हुने देखिएको छ । तथापि नेकपा एमालेका स्थानीय नेताहरु भने स्वतन्त्र उम्मेदवार शुशिल पौडेलले पार्टीको खासै मत नकाट्ने दावी गरेको छ ।

स्वतन्त्र उम्मदेवार पौडेल भने आफू जनप्रतिनिधि निर्वाचित भएपछि शासक बनेर जनतामाथि शासन गर्ने प्रवित्ति विरुद्ध आफ्नो उम्मेदवारी भएका कारण आफ्नो जित निश्चित भएको दावी गर्छन् ।

स्वतन्त्र उम्मेदवार पौडेलले काँग्रेस एमाले दुवैको मत पाएर जित हात पार्ने उनको दावी छ ।
माओवादीबाट एमाले प्रवेश गरेका नारायण लोहोनीलाई पार्टीले वडाध्यक्षको उम्मेदवारको रुपमा टिकट दिए पछि उनी लोहनीको उम्मेदवारी प्रति असन्तुष्ट जनाउँदै असन्तुष्ट पक्षले पौडेललाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेको हो । त्यसो त कतिपयले एमालेका भोटहरु जति स्वतन्त्र उम्मेदवार पौडेलले मत पाउने भएकोले कावासोती ४ मा पौडेलले जित्ने दावी गर्दछन् ।

यस काँग्रेस भने एमालेको भोट बाडिने भएकै कारण कावासोती ४ मा यस पटक एमालेको किल्ला तोड्न सकिनेमा आशावादी देखिएको छ ।

 



सम्बन्धित
Loading...