रूपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि आ`क्रमण


 




रूपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि आ`क्रमण भएको छ। आ`क्रमणमा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घा`इते भएका छन्।

 


आ`क्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ भने रेग्मीको अवस्था सामान्य छ। घा`इते भण्डारीको अहिले क्रिमसन अस्पताल मणिग्राममा उपचार भैरहेको छ।

 

सोमबार राति साढे ११ बजेतिर आएका स्थानीय सन्जीव भुसाल, प्रवीन खड्का, ईश्वर केसी, लक्ष्मण रानालगायत ७/८ जनाको समूहले उनीहरूमाथि आ`क्रमण गरेका हुन्।

 

आ`क्रमण गर्ने भुसाल वडा नं. १६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेका झविलाल भुसालका छोरा हुन्।

 

एमाले तिलोत्तमा नगरपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक वासुदेव घिमिरेले पराजयको डरले कांग्रेस कार्यकर्ता आ`क्रमणमा उत्रिन थालेको आ`रोप लगाए।

 

उनले दोषीलाई तत्काल प`क्राउ गरी कारबाही गर्न माग गर्दै एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन चाहेकोले आ`क्रमणका `घ`टना रोक्न स्थानीय प्रशासनलाई आग्रह गरे।

 

इलाका प्र`हरी कार्यालय मंगलापुरले घटना भएको स्वीकार गर्दै यस विषयमा थप अ`नुसन्धान भइरहेको जनाएको छ।

 

इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले घटनाका विषयमा मंगलापुर प्रहरीमा उजुरी लिन नमिल्ने भएकाले उजुरीका लागि बुटवल जान आग्रह गरिएको बताए।

 

उनले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको स्वीकार गर्दै यस विषयमा अनुसन्धानपछि मात्र विस्तृत थाहा हुने बताए।

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने आफू बाहिर भएकाले यसबारेमा बुझ्न नपाएको बताए।

 

घटना रातिको भए पनि अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन।

 

तिलोत्तमा नगरपालिका गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो। तिलोत्तमामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट गृहमन्त्री खाणका भाइ रामकृष्ण खाण र एमालेको तर्फबाट मोहन चापागाईं नगरप्रमुखमा उम्मेदवार बनेका छन्।

 

नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले गृहमन्त्री खाणकै गृहनगरमा विपक्षी पार्टीका कार्यकर्तामाथि आक्रमण सुरू भएपछि शान्ति सुरक्षामै गम्भीर प्रश्न उब्जिएकोले यस्ता घटना तत्काल रोक्न आग्रह गरे।



सम्बन्धित
Loading...