वडाध्यक्षका उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार


 



नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।

 

स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

 




उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ र बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

 

तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवार दर्ता गराएका एमालेका जिल्ला अध्यक्ष बस्नेतले बताए ।

 

वडाध्यक्षका उम्मेदवार लवरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।

 

तुलसीपुर बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर-१७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।

 



सम्बन्धित
Loading...