नवलपुरमा निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनको सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रत्येक मत केन्द्रमा कम्तीमा ८ देखि २५ जना सुरक्षाकर्मी खटिने छन् ।
पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा म्यादी प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र चौथो घेरामा नेपाली सेना खटिने छन् ।
स्थानीय तह निर्वाचन नजिकिर्दै गर्दा नवलपुर जिल्लामा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुुसार सबै पालिकामा गस्तीका लागि ४० वटा मोवाइल टोली पनि परिचालन गरिएको छ ।
नवलपुरमा १ हजार बढी म्यादी प्रहरी, १ हजार बढी नेपाल प्रहरी ६÷६ सय सशस्त्र र नेपाली सेना परिचालन गरिएको छ ।
निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन बैशाख ३० गतेसम्म मादक पदार्थ विक्री वितरणमा पनि रोक लगाएको छ ।