गुल्मीका केन्द्रिय नेताहरूले गरे मतदान




गुल्मीबाट केन्द्रिय स्तरमा प्रभाव पार्ने तीन ठुला नेताले मतदान गरेका छ्न ।

 

नेकपा एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट बिहान मतदान गरेका छन ।

 




त्यस्तै एमाले सचिव गोकर्ण विष्टले इस्मा गाउँपालिका वडा नम्बर ४ को रामराज्य माविबाट केहिबेर अघि मतदान गरे। कांग्रेसका युवा नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगाको जनजागृति मावि मतदान केन्द्रबाट बिहान मतदान गरेका छन ।

 

शहरी बिकास मन्त्री तथा एकीकृत समाजवादीको केन्द्रिय सचीव रामकुमारी झाक्रीले मदाने गाउँपालिका ४ को म्यालपोखरी माबी मतदान केन्द्रबाट मतदान दिउँसो १ बजे मतदान गर्दैछन ।



सम्बन्धित
Loading...