दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित


 



मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ ।

 




दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

 

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए ।

 

स्थिति नियन्त्रण बाहिर गएपछि अहिले मतदान स्थगित भएको छ ।

 



सम्बन्धित
Loading...