बुलिङटार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी

नवलपुर। पुर्वी नवलपरासीकाे पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर सुर्यबंशी पुन निर्वाचित हुनु भएको छ । उहाले जम्मा १ हजार ४७० खसेको मतमा ७ सय ७३ मत ल्याई निर्वाचित हुनुभएको हो ।
सुर्यबंशीले १ सय ७२ मतको अन्तरमा विजयी हुनुभएको हो । सुर्यबंशी संगै नेपाली कांग्रेसबाट महिला वडा सदस्य पदका उम्मेदवार रहनु भएका कमल अस्लामी मगरले ७ सउ ३१, दलित महिला सदस्य पदका उम्मेदवार थमिसरा वि.क. ले ७ सय ४४, खुल्ला सदस्य पदका उम्मेदवार कान्ता बहादुर आले ७ सय ३० र लाल बहादुर गरञ्जा मगरले ७ सय ३८ ल्याई निर्वाचित हुनु भएको छ ।
सुर्यबंशीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट उम्मेदवार रहनुभएका खेम बहादुर डिसुवा मगरले ६ सय ०१ मत पाउनु भएको थियो । यसैगरि वडा नं. १ को अन्तिम नतिजा अनुसार नेकपा एमालेबाट उम्मेदवार रहनुभएका दिपेन्द्र सुनारी मगरले ७ सय ४४ प्राप्त भएसंगै उपाध्यक्ष पदका उम्मेदवार कोपिला खण्डलुक मगरले ६ सय १७ प्राप्त गर्नुभएको छ ।
यस संगै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शशिकिरण बस्ताकोटीले ६ सय ४४ र उपाध्यक्ष पदका उम्मेदवार दिलमाया राना मगरले ७३६ मत प्राप्त गर्नुभएको छ ।