बेन्च र कुर्चीको विवादले भरतपुरको मतगणना अझै सुरु हुन सकेन




भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन ।  यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मतगणना सुरु हुने जनाएका थिए ।

 

अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेषः मतगणना स्थलमा वस्ने उम्मेदवारका प्रतिनिधिलाई कुर्सीमा राख्ने कि बेन्चमा राख्ने भन्ने कुराले मतगणना अघि बढ्न नसकेको हो ।

 




निर्वाचन अधिकृतले कुर्ची राखेको भएपनी दलका प्रतिनिधिहरुले बेन्च वा टेवल मागेका थिए । तर बेन्च राख्ने बार नागेर जाने सम्भावना रहेपछि प्रतिनिधि भुइमानै बस्ने निर्णय भएको छ ।

 

मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सी  मा हुदैछ । १लाख ८५हजार ७ सय ५२ मतदातामध्ये भरतपुरमा १ लाख २७हजार ५ सय ६६ मत   खसेको थियो ।

 

यो संख्या कुल मतदाताको करीब ६८‍.५५ प्रतिशत हो । भरतपुरमा ७ फिट अग्लो जालिसहितको फलामको बार लगाइएको छ  भने ८ वटा सिसिक्यामेरा जडान गरिएको छ ।

 



सम्बन्धित
Loading...