नवलपुरः बौदीकालीको ३ वटाको मत अन्तिम मतपरिणाम आयो, ४,६ मा काँग्रेस, ५ एमाले विजयी

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको ३ वटा वडाको अन्तिम मत परिणाम आएको छ । जस अन्तरगत २ वटा वडामा नेपाली काँग्रेस र एउटा वडामा नेकपा एमाले विजयी भएको छ ।
६ वटा वडा रहेको बौदीकालीमा ६ नम्बर वडाबाट मतगणना शुरु गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार बौदीकाली ४ र ६ मा काँग्रेसले जितेको छ भने बौदीकाली ५ मा एमालेले जितेको छ ।
बौदीकाली ४ मा नेपाली काँग्रेसका मनबहादुर सारु मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । यहाँ वडाध्यक्ष सहित काँग्रेस प्यानल नै विजयी भएको छ ।
बौदीकाली ४ मा वडाध्यक्षमा काँग्रेसका मनबहादुर सारुले ८६८ मत प्राप्त गर्दा एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गरे ।
बौदीकाली ५ मा भने नेकपा एमालेको प्यानल नै वियजी भएका छ । बौदीकाली पाँचमा वडाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् । उनले ४६२ मत प्राप्त गरी जित हात पारेका हुन् भने नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर अस्लामी मगरले ३७४ मत ल्याए ।
त्यसैगरी बौदीकाली गाउँपालिका ६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । बौदीकाली ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका खुमकुमार सारु मगर विजयी भएका हुन् ।
उनले ७२१ मत प्राप्त गरी जित हात पारेका हुन् । त्यसैगरी उनको निकटम् प्रतिद्वन्दी नेकपा एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे ।
यस अघिको स्थानीय तह निर्वाचनमा काँग्रेसले १, ३ र ४ नेकपा एमालेले २, ५ र ६ नम्बर वडा जितेको थियो ।
३ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म एमालेले ६ नम्बर वडा गुमाएको छ ।
बौदीकाली गाउँपालिकामा ११ हजार ४९७ मतदाता रहेकोमा ७७६३ अर्थात ६७ दशमलब ५२ प्रतिशत मात्र मत खसेको थियो । बौदीकाली गाउँपालिकामा अहिले वडा नं. ३ को मतगणना चलिरहेको छ ।