नवलपुरः कावासोती १ मा काँग्रेसलाई धक्का, १ र १७ मा एमालेको जित
कावासोतीमा मेयर/उपमेयर एमालेको अग्रता कायमै

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायम राख्दै २ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ ।
कावासोती १ मा यस अघि नेपाली काँग्रेसले प्यानललै जितको भए पनि अहिले एक वडा सदस्य बाहेक सबै पद गुमाएको छ ।
कावासोती १ को वडाध्यक्षमा नेकपा एमालेका तापारक अहमद मिया विजयी भएका छन् । उनले १७१७ मत पाएका छन् उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका माधवप्रसाद भण्डारीले १४१८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कावासोती १ मा एमालेका ओमबहादुर थापा र नेपाली काँग्रेसका पूर्णबहादुर चितौरे मगर विजयी भएका छन् । त्यसैगरी महिला वडा सदस्यमा नेकपा एमालेकी सिमा रिकम कानुन र दलित महिला सदस्यमा रेखा कुमारी सुनार विजयी भएका छन् ।
यता कावासोती १७ मा नेकपा एमालेको प्यानललै विजयी भएको छ । कावासोती १७ यस अघि पनि नेकपा एमालेले जित हात पारेको क्षेत्र हो ।
कावासोती १७ का वडाध्यक्षमा नेकपा एमालेका चुरामणी थनेत विजयी भएका छन् । थनेतले १८९४ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका नन्द किशोर आचार्यले १७१८ मत प्राप्त गरे ।
त्यसैगरी कावासोती १७ को खुल्ला सदस्यहरुमा एमालेका मीनबहादुर महतो र डुलबहादुर गुरुङ विजयी भएका छन् । महिला सदस्यमा एमालकै भोजकुमारी महतो र दलित महिला सदस्यमा एमालेकी गीता विक विजयी भएका छन् ।
नगरप्रमुख र उपप्रमुखमा एमालेको अग्रता कायम रहेको छ । नगर प्रमुखमा एमालेका विष्णु भुसालले ३६४६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका महेन्द्र पोख्रेलले २९९१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नगरउपप्रमुखमा नेकपा एमालेकी ३७६७ मत प्राप्त गरेकी छिन् भने माओवादी केन्द्रका पतिराम थनेतले १९९२ मत प्राप्त गरेका छन् ।
नगरप्रमुखमा अहिलेसम्म विभिन्न दल/स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत विवरण

नगर उपप्रमुखमा अहिलेसम्म विभिन्न दल/स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत विवरण

कावासोती १ को वडाध्यक्षमा प्राप्त अन्तिम मत परिणाम

कावासोती १७ को वडाध्यक्षमा प्राप्त अन्तिम मत परिणाम
