नवलपुरः हुप्सेकोटका ३ वटा वडामा काँग्रेस विजयी, अध्यक्ष उपाध्यक्षमा काँग्रेसको अग्रता

ममता गौतम – नवलपुर । पूर्वी नवलरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेसेको अग्रता कायम राख्दै ३ वटा वडामा नेपाली काँग्रेसेले जित हात पारेको छ ।
हुप्सेकोटमा यस अघि पनि नेपाली काँग्रेसेले जित हात पारेको क्षत्र हो ।
हुप्सेकोट १ को वडाअध्यक्षमा नेपालि काँग्रेसकी प्रम बहादुर घर्ती विजयी भएका छन । उनले १२०६ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमाले लाल बहादुर शेरपुजाले १०२६ मत र नेकपा माओवादीका पुष्प राज पौडेलले ६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा सदस्यहरुमा बुद्धि मान तामाङ र युराज मल्ल ठकुरी विजयी भएका छन् भने महिला सदस्यमा उर्मिला महत्तो र दलित महिला सदस्यमा दुमिसरा सुनार विजयी भएका छन् ।
यता हुप्सेकोट ५मा पनि नेपाली काँग्रेसले जित हात पारेको छ । हुप्सेकोट ५ मा यस अघि पनि नेपाली काँग्रेसले जित हात पारेको क्षेत्र हो ।
हुप्सेकोट ५ को वडाध्यक्षमा पनि नेपाली काँग्रेसका पदम बहादुर राना विजयी भएका छिन् । रानाले ६७९ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्घन्दी नेकपा एमालेका गिर बहादुर सोतीले २८२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी हुप्सेकोट ५ मा सदस्यमा लाल बहादुर घर्ती मगर र सुन बहादुर खाम्चा मगर विजयी भएका छन् भने महिला सदस्यमा तुलीसरा सोमै मगर र दलित महिला सदस्यमा कर्न माया विश्वकर्मा विजयी भएका छन् ।
यता हुप्सेकोट ६ मा पनि नेपाली काँग्रेसले जित हात पारेको छ । हुप्सेकोट ६ मा यस अघि पनि नेपाली काँग्रेसलेनै जितेको थियो ।
हुप्सेकोट ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका छम बहादुर सोमै मगर विजयी भएका छन् । सोमैले ७८१ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्घन्दी नेकपा एमालेका देव सिंह सारु मगरले ६८० मत प्राप्त गरेका छन् ।
गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसको अग्रता कायम नै रहेको छ । पालिका अध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पाण्डेले २४६६ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका चेत बहादुर रानाले १९८३ र एकिकृत समाजबादी पार्टीका झवि लाल रानाले ५०५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पालिका उपाध्यक्षमा नेपाली काँगे्रसका पूर्ण सिंह राना मगरले २६२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मिना पाण्डेले २०५४ मत र नेकपा माओवादीका चनद्र बहादुर थापाले १५७ मत पाएका छन ।