माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी


 




रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित भएका छन् ।

 


३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 

बराल अघिल्लो चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

 

निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६६६ र नेपाली कांग्रेसका उम्मेदवारले ३३३ मत पाएका छन् ।

 

यस्तै जनमत पार्टीले ३६ र जसपाले २९ मत पाएको गाउँपालिकाका निर्वाचन अधिकृत ताराकुमारी शर्माले जानकारी दिइन् ।

 



सम्बन्धित
Loading...