स्वास्थ्य समस्या देखाएर मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा


 



उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन् ।

 




शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्य भएर बेहोस भएपछि खनालले निर्वाचनको बाँकी काम गर्न नसक्ने भनेर निर्वाचन आयोगमा लेखी पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।

 

उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद र कटारी नगरपालिका वडा नम्बर १० मा प्रहरीको गोली लागेर १ जना युवाको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

 

विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । पानी परेपछि स्थगित मतदान प्रक्रिया पुनः सुचारु नगरेपछि विवाद भएको थियो ।

 



सम्बन्धित
Loading...