टोल फ्री नम्बरबाट बजेटबारे आए सुझाव

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले संचालन गरेको टोल फ्री नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएको जनाएको छ ।
देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएको भन्दै मन्त्रालयले अहिले यी सुझावहरूको अध्ययन गरेर आगामी आबको बजेटमा समावेश गर्न खोजिरहेको जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उदेश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।
अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ ।