काँग्रेसले जित्दै आएको भरतपुर -३ मा एमाले विजयी




भरतपुर-३ मा नेकपा एमालेका उमदेवार विकास थापा विजयी भएका छन्।




 वडा नं ३ को ३२४४ मत गणना गर्दा एमालेका उमदेवार विकास थापाले १६६६ ल्याएका थिए भने उनका प्रतिद्वन्दी काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत लामिछानेले १०४९ मत प्राप्त गरेका थिए।

गत स्थानीय निर्वाचनमा उक्त वडामा नेपाली काँग्रसका चन्द्रमित्र पण्डित १५३० मतले विजयी भएका थिए।

नेपाली काँग्रेस टिकट वितरणमा वडा नं ३ को मनोमानी गरेको भनेर काँग्रेस वडा सभापति तारामित्र पण्डितले स्वतन्त्र उमेदवारी दिएका भएपनि उमेदवारी फिर्ता लिने म्याद सकेपछि फिर्ता लिएको घोषणा गरेका थिए।

 



सम्बन्धित
Loading...