१ मत अन्तरले एमालेका अर्याल वडाध्यक्षमा विजयी


 



अर्घाखाँची — मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् ।

 




निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।

 

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) हुँदा नेता टोपबहादुर रायमाझी केपी ओलीतिर लागेपछि अर्याल पनि एमालेमा समायोजन भएका थिए । उनै अर्याललाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

 



सम्बन्धित
Loading...