नवलपुरको मध्यविन्दु नगरपालिकामा ४ घण्टा देखि मतगणना स्थगित


 




प्रिय धन , २ जेठ २०७९

पूर्वी नवलपरासीको मतगणना कार्य ४ घण्टा देखि रोकिएको छ । १५ वटा वडा रहेको मध्यविन्दु नगरपालिका ६ वडाको गणना हुँदै गर्दा मध्यविन्दु १३ मा मतपत्र धेरै भएपछि गणना रोकिएको हो ।

 




मध्यविन्दु १३ मा निर्वाचन कार्यालयले १३५७ मत खसेको मुचुल्का उठाएको भए पनि गन्दै जांदा १३५८ मत भेटिएपछि राजनैतिक दलका प्रतिनिधिहरुले मतगणना रोक्ना माग गरेका हुन् , जसका कारण अन्य वडाको मतगणना समेत रोकिएको छ ।

 

विवाद भए पछि संख्यात्मक हिसाबले मध्यविन्दु ३ मा एमालेको प्यानलै विजयी भए पनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छैन । त्यही १३ को विवादका कारण घोषणा नभएको हो ।

 

यस्तै विवाद भएको वडा १३ मा एकजना खुल्ला सदस्य कांग्रेसका र बांकी एमालेका उम्मेदवार विजयी भएका छन् तर त्यही एकमतको विवादका कारण निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न सकेको छैन ।

 

अहिले सम्म मध्यविन्दुमा ६ वडा वडाको मतगणना सकियो तर ४ ओटाको मात्र घोषणा भएको छ । कांगेसले एउटा वडा जित्दा एमालेले ३ वडा जितेको छ । घोषणा हुना बांकी रहेका २ वडामा पनि संख्यामा एमाले नै विजयी भएको छ ।

 

अहिले सम्म ६ वटा वडाको मतगणना गर्दा १२८४४ मत गनेर सकिएको छ । हाल सम्म नगरप्रमुख पदमा सूर्य चिन्हले ६४२२ , रुख चिन्हले ५६८७ मत प्राप्त गरेको छ । नगरप्रमुख पदमा सूर्य चिन्हले ७३५ मतले अग्रता लिएको छ ।

 

यस्तै नगरउपप्रमुख पदमा सूर्य चिन्हले ६४४८ र रुख चिन्हले ५६३१ प्राप्त गरेको छ, यसमा पनि सूर्य चिन्ह ८१७ मतले अगाडी देखिन्छ ।
निर्वाचन अधिकृत महेन्द्र पौडेलका अनुसार अहिले विवाद भएको वडाका लागि राजनैतिक दलसंग छलफल चलिरहेको छ ।

 



सम्बन्धित
Loading...