कावासोती ३ मा एमालेको प्यानल विजयी, गुमेकाे विरासत फिर्ता

कावासोती । कावासोती नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका डोरमान गिरीले अहिलेसम्मकै भारी मतअन्तरले विजयी भएका हुन् ।
जितसँगै कावासाेती ३ मा एमालेले गुमाएकाे विरासत फिर्ता लिएकाे छ । अघिल्लाे निर्वाचनमा गिरी काँग्रेसका अमृत श्रेष्ठसँग झिनाे मत अन्तरले पराजित भएका थिए ।
अहिले गिरीले १०३४ मतान्तरले काँग्रेसका निलु पुनलाई पराजित गरेका हुन् । गिरीले २१९० मत पाए भने पुनले ११५६ मत पाए ।
यस्तै महिला सदस्यमा एमालेकै बसन्ती केसी कुँवर, दलित महिला सदस्य साबित्री रसाईली, खुल्ला सदस्यहरुमा रन वहादुर थापा र ऋषि बस्तोकोटी विजयी भएका छन् ।