नवलपुरमा पहिलो महिला वडा अध्यक्ष निर्वाचित, देवचुली ७ को वडाध्यक्षमा आले भुमिसरा विजयी




नवलपुर । पूर्वी नवलपरासीमा ५५ बढी वडाहरुको अन्तिम मत परिणाम आइसकेको छ । तथापि महिला वडाध्यक्षहरुको प्रतिनिधि निक्कै कम हुने देखिएको छ ।

ठूला दलहरुले वडाध्यक्षमा महिला उम्मेदवार निक्कै कम उठाएकै कारण पनि वडाध्यक्षमा महिलाको प्रतिनिधित्व कम हुने देखिएको हो ।




यसैबीच २०७९ को स्थानीय तह निर्वाचनमा नवलपुरमा पहिलो पटक महिला वडाध्यक्ष निर्वाचित भएकी छिन् ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ ले वडाध्यक्षमा महिला नेतृत्व पाएको छ । वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार दिएकी भूमिसरा आले प्यानल सहित विजयी भएका छन् ।

 

भूमिसराले आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार भूपराज पाठकलाई पराजित गरेका हुन् । यस अघि यहाँ नेपाली काँग्रेसले जित हात पारेको थियो ।

 

देवचुली नगरपालिकाका १७ वटै वडामध्ये ठूला दलबाट एउटा वडाबाट भूमिसरा आलेले महिलाबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी थिइन ।

 

यसैगरी महिला वडा सदस्यमा रुपा काफ्ले, दलिततर्फ आशा वि.क, खुल्ला वडा सदस्यतर्फ खिलकुमारी तामाङ र ओम प्रकाश तिवारी गरि नेकपा एमाले प्यानल नै विजयी भएको छ ।



सम्बन्धित
Loading...