कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी भएको छ ।
वडा नं ४ मा एमालेका नारायण लोहनी विजयी हुनुभएको हो । उहाँले ७७७ मत प्राप्त गर्नुभयो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली काङग्रेसका उम्मेद्धारलाई १६१ मतान्तरले पराजित गर्नुभयो । चारमा एमाले प्यानल नै विजयी भएका हो । यस्तै वडा नं. ५ मा एमालेका निरज कुमार पुन विजयी हुनुभएको छ ।
पाँचको अन्तिम मतपरिणाम निर्वाचन आयोगबाट घोषणा हुन बाँकी छ । यस्तै कावासोती १४ मा एमालेकै तुलसीराम महतो विजयी हुनुभएको छ ।
उहाँले मत पाउनुभयो । उहाँले १२४४ मत प्राप्त गर्नुभयो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धीलाई १०५ मतान्तरले पराजित गर्नुभयो । १४ मा एमाले प्यानल नै विजयी भएको हो ।