कावासोती ७ मा एमालेको प्यानल विजयी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा एमालेका गोबिन्दप्रसाद महतो विजयी भए ।
महतो आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका उम्मेद्धारलाई १७९ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हु ।
वडाध्यक्षमा निर्वाचित महतोले ९१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धीले प्रकाश सिंह महतोले ७३७ मत प्राप्त गरे ।
त्यसैगरी वडासदस्यमा रुद्र बहादुर बस्नेत क्षेत्री, हिरा लाल गुरौ, महिला सदस्यमा धन कुमारी महतो र दलित महिला सदस्यमा मेघिया मुसहर निर्वाचित भएका छन् ।
अहिले कावासोती १२ को मतगणना जारी छ भने कावासोती ८ को मतगणना शुरु भएको छ ।