एमालेको विजय जुलुसको गाडी दुर्घटना, २४ जना घाइते


 




भैरहवामा विजय जुलुसमा सहभागी मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका– १० को विजय जुलुसमा प्रयोग भएको मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका हुन् ।

 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  मतगणनास्थल भैरहवा नमुना मावीदेखी हिँडेको लु.१ख ८०७८ नम्बरको मिनिट्रक बुधबार मध्याह्न दुर्घटनामा परेको हो ।

 


नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारको विजय र्‍यालीमा प्रयोग भएको गाडी सिद्धार्थनगर– १०, शंकरपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सिद्धार्थनगर नगरपालिका– १० का ३५ वर्षीय बुद्धकुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनिया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

 

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर– १० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् ।

 

 



सम्बन्धित
Loading...