आफ्नो वडामा केशव स्थापितलाई सुरूवाती अग्रता


 



काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरूवाती अग्रता लिएका छन्।

वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ।




त्यस वडाको २०० मतगणना गर्दा स्थापितले ६० मत पाएका छन्। उनका प्रतिस्पर्धी बालेन शाहले भने ४६ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्।

अहिले वडा नम्बर १, २, ३, र ५ को मतगणना सकिइसकेको छ। यी सबै वडामा शाह नै अगाडि छन्। त्यस्तै वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को पनि मतगणना भइरहेको छ।

यी वडाहरूमा पनि शाह नै अगाडि देखिन्छन्।

४५ हजार २ सय ८९ मत गन्दा अहिलेसम्म शाहले मात्रै १७ हजार ६ सय ४३ मत पाएका छन्। स्थापितले भने ९ हजार ११० मत पाएका छन्। सिंहले भने ८ हजार १६७ मत पाएकी छन्।

उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्।

उनले अहिलेसम्म १४ हजार ७१७ मत पाएकी छन्।



सम्बन्धित
Loading...