नवलपुर : काँग्रेसको कार्यकर्ता लिएर विजयी जुलुसमा आँउदै गरेको बसको ढोकाबाट खसेर एक जनाको निधन

पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको विजयी जुलुसमा हिडेको बसको ढोकाबाट खसेर एकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार आज नवलपरासीको विनयी त्रिवेणी गाउपालिका वडा नं. बबुवन स्थित भित्री सडक खण्डमा नेपाली काँग्रेसका कार्यकर्ता लिई विजयी ¥यालीका लागि बबुवनबाट दुम्किबासतर्फ आउदै गरेको गरेको लु १ ख ३९४६ नं. को बसकको ढोबाबाट खसेर सो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बबुवन बस्ने नेपाली काँग्रेसका कार्यकर्ता अन्दाजि ६० \६५ वर्षिय बेग बहादुर कुमाल रहेका छन् ।
प्रहरीले उनको दुवै खुट्टाको साप्रामा गम्भिर चोट आएको र उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको र सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ ।
बस चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाको थप अनुसन्धान भई रहेको छ ।