खाडीमा श्रम बगाएका रिमालले जिते वडाध्यक्ष

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । १७ वटा वडा रहेको कावासोतीमा ९ र १० को मतगणना जारी रहेको छ ।
१५ वटा वडाको अन्तिम मत परिणाम र कावासेती १० को ८ सय मत गणना सकिदासम्म कावासोती नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विष्णु भुसालले ३०६ मतको अग्रता लिएको छ । कावासोती ८ को मतगणना अघिसम्म एमालेले १५०० को हाराहारीमा अग्रता लिएको थियो ।
नगरप्रमुखमा यो समाचार तयार पार्दासम्म एमालेका भुसालले १७८०६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका मेहन्द्र पोखं्रेलले १७५०० मत प्राप्त गरेका छन् ।
नगरउपप्रमुखमा नेकपा एमालेकी फुलकुमारी थनेत विजयी भईसकेकी छिन् । कावासोती ९ र १० को मत गणना नगन्दै उनले ५००१ मतको फराकिलो मतअन्तरका साथ अगाडि छन् ।
उपप्रमुखमा फुलकुमारी थनेतले १५ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म १७७६२ मत प्राप्त गरेकी छिन् भने माआवादी केन्द्रका उम्मेदवार पतिराम थनेतले १२७६१ मत प्राप्त गरेका छन् ।
काँग्रेसका मयेरका उम्मेदवारको वडामा एमालेका वडाध्यक्ष विजयी

कावासोती ८ मा नेकपा एमालेका गोकर्ण रिमाल वडा अध्यक्षमा विजयी भएका छन् । उनले १८६३ मत प्राप्त गरी विजयी भएका हुन् । काँग्रेसका वडाध्यक्षका उम्मेदवार आनन्द गुरुङले १६८६ मत प्राप्त गरे ।
त्यसैगरी कावासोती ८ मा १ वडा सदस्य एमालेले र बाँकी ३ वडा सदस्य काँग्रेसले जितेको छ ।
उनी लामो समय खाडी मुलुकमा रोजगारीमा विताएका थिए ।