कावासोतीमा एमालेको जित

पूर्वी नवलपरासीको कावासोतीको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
कावासोती नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कावासोती नगरप्रमुखमा नेकपा एमालेका विष्णु भुसाल र उपप्रमुखमा फुलकुमारी थनेत विजयी भएका हुन् ।
भुसाल नगरप्रमुखमा ३०४ मतअन्तरले विजयी भएका छन् भने उपप्रमुखमा फुलकुमारी थनेत ५४६३ बढीको फराकिलो मत अन्तरले विजयी भएका छन् ।
नगरप्रमुखमा एमालेका भुसालले १८६०८ मत प्राप्त गरे भने काँग्रेसका महेन्द्र पोख्रेलले १८३०४ मत प्राप्त गरे ।
त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकी फुलकुमारी थनेतले १९७२४ र माओवादी केन्द्रका पतिराम थनेतले १३५६१ मत प्राप्त गरे ।
कावासोती नगरपालिकामा निर्वाचित वडाअध्यक्षहरुको विवरण
- १ तापारक अहमद मिया नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- २ शिव प्रसाद पाण्डे नेपाली काँग्रेस
- ३ डोरमान गिरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- ४ नारायाण प्रसाद लोहनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- ५ निरज कुमार पुन नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- ६ याम बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- ७ गोविन्द प्रसाद महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- ८ भिम बहादुर रिमाल नेपाल कम्युनिष्ट पार्टी (एमाले ) -९ रिभर कुमार श्रेष्ठ नेपाली काँग्रेस
- १० टेक नारायण महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- ११ शारदा प्रसाद अधिकारी नेपाली काँग्रेस
- १२ ध्रुव खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- १३ लाल बहादुर गुरुङ्ग नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- १४ तुलसी राम थारु नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- १५ तेज कुमार श्रेष्ठ नेपाली काँग्रेस
- १६ आनन्द श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- १७ चुरा मणी थनेत नेपाल कम्युनिष्ट पार्टी (एमाले)



