नवलपरासी; पाल्हीनन्दनमा अध्यक्षमा माओवादी/उपाध्यक्षमा कांग्रेस




हरि शर्मा –
परासी – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पुन  माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता(दीपक) विजयी भएका छन् ।

 

उनी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद सहानीलाई ८६ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । गुप्ताले ४३ सय ८१ मत ल्याउँदा सहानीले ४२ सय ९५ मत ल्याए । सहानी यसअघि पनि गुप्ताका प्रतिस्पर्धी थिए ।




उपाध्यक्षमा नेपाली कांग्रेसकी सकिना फतिमा खातुनले माओवादी केन्द्रकी पावित्री कोहाँरलाई ५ सय १३ मतान्तरले पराजित गर्दै विजयी भईन् । खातुनले ३६ सय ९८ ल्याउँदा कोहाँरले ३१ सय ८५ मत ल्याईन् ।

यसअघि उपाध्यक्षमा पनि कांग्रेसले जितेको थियो । अहिलेकी पराजित उपाध्यक्ष कोहाँर २०७४ को निर्वाचतमा नेपाली कांग्रसबाट विजयी भएकी थिइन् । टिकट नपाएपछि कोहाँर माओवादी केन्द्रबाट चुनाव लडेकी हुन् ।

६ वटा रहेको पालिकामा माओवादी केन्द्रले ३, नेपाली कांग्रेसले २ र लोसपाले १ वडाध्यक्ष जितेको छ । क्क्
वडा नं. १ मा नेपाली कांग्रेसका चुल्हाईप्रसाद यादव, वडा नं. २ मा लोसपाका जगदिश प्रसाद चौधरी र वडा नं. ३ मा माओवादी केन्द्रका गोधनप्रसाद हरिजन विजयी भएका छन् ।

 

वडा नंं. ४ मा नेपाली कांग्रेसका रविन्द्र सहानी, वडा नं. ५ मा माओवादी केन्द्रका कृष्णचन्द्र यादव र वडा नं. ६ मा माओवादी केन्द्रका दयाशंकर त्रिपाठी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

 

 



सम्बन्धित
Loading...